National life
cg eloctronics

फेसबुकमा विभिन्न विज्ञापन देखेर लिंक क्लिक गर्दा बैंक खाताको पैसा गायब, ३ आरोपित पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२१ कात्तिक २०८२, शुक्रबार
1.1kShares
फेसबुकमा विभिन्न विज्ञापन देखेर लिंक क्लिक गर्दा बैंक खाताको पैसा गायब, ३ आरोपित पक्राउ
ncell

काठमाडौँ । जागिरको प्रलोभन देखाएर अनलाइन ठगी गरेको आरोपमा ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–११ का ४० वर्षीय राजन गिरी, ओखलढुंगाको चम्पादेवी गाउँपालिका–८ कि २६ वर्षीया मिना लकान्द्री र भारतको बिहारका २६ वर्षीय आदित्य कुमार रहेका छन् ।

उनीहरूलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुविरुद्ध विद्युतीय माध्यमबाट ठगी गरेको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनीहरुलाई फेसबुकमा विभिन्न बैंकको विज्ञापन देखाएर बोनस प्राप्त गर्न सर्भे लिंकमा क्लीक गर्नुहोस् भन्दै अनलाइन ठगी गरेको आरोप छ । साइबर ब्युरोका एसपी तथा प्रवक्ता दीपकराज अवस्थीका अनुसार फेसबुकमा पठाएको लिंक क्लीक गरेपछि बैंक खाताको रकम अन्य खातामा ट्रान्सफर हुने गरेको बताएका छन्।

एसपी अवस्थीले भने, ‘बोनस प्राप्त गर्न भनेर लिंक पठाउने, त्यो लिंकमा क्लीक गरेपछि पीडितको रकम आफ्नो खातामा यो गिरोहले ल्याउने गरेको देखियो’।

ठमेलको छाँया सेन्टरबाट पक्राउ परेका आदित्य कुमारबाट क्यासिनो कार्ड, भारतीय एटीएम बरामद भएको छ । यसरी अनलाइनबाट ठगी गरेको रकम उनले क्यासिनोमा जुवा खेल्ने गरेको प्रहरीले आशंका गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?