National life
cg eloctronics

बल्क एसएमएसप्रति गम्भीर ध्यानाकर्षण भएको एनसेलको भनाई

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|३० पुस २०८२, बुधबार
941Shares
बल्क एसएमएसप्रति गम्भीर ध्यानाकर्षण भएको एनसेलको भनाई
ncell

काठमाडौं । एक बल्क एसएमएस सेवा प्रदायकमार्फत ठूलो संख्यामा एक राजनीतिक सन्देश एसएमएसमार्फत प्रसारण भएको घटनाप्रति एनसेलको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । उक्त अनधिकृत एसएमएस एनसेलका ग्राहकलाई प्रसारण भएको नपाईएको पनि स्पष्ट पारिएको छ ।

घटनाको समीक्षा तथा सम्भावित जोखिमको मूल्याङ्कनपछि, उक्त एसएमएस प्रसारण गर्ने कम्पनीसँग साझेदारी गरेको भ्यालु एडेड सर्भिस कम्पनी आकाश टेकलाई सचेत गराईएको छ । एनसेलले दूरसञ्चार सेवाको अनधिकृत वा राजनीतिक उद्देश्यका लागि हुने दुरुपयोगप्रति शून्य सहनशीलताको नीति अपनाउँदै आएको पनि विज्ञप्तिमा जनाइएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

"एनसेलले प्रचलित कानून, नियम, नैतिक मापदण्ड तथा ग्राहकको डाटा गोपनीयता उल्लङ्घन गर्ने कुनै पनि सामग्रीका लागि आफ्ना सेवाको प्रयोग कडाइका साथ निषेध गर्दै आएको छ । सूचना सुरक्षा र डाटा गोपनीयताका लागि आईएसओ २७००१ र आईएसओ २७७०१ मान्यता प्राप्त गर्ने नेपालकै पहिलो दूरसञ्चार कम्पनीका रूपमा, एनसेल ग्राहकको डाटा सुरक्षा र वैयक्तिक गोपनीयतामा उच्चतम मापदण्ड कायम गर्दै आएको छ," विज्ञप्तिमा भनिएको छ ।

एनसेलमा ग्राहकको व्यक्तिगत डाटा सुरक्षित राख्न प्राविधिक, सञ्चालनगत तथा सम्झौतागत सुरक्षात्मक व्यवस्था लागू गरिएको पनि एनसेलले जनाएको छ । "एनसेल एक जिम्मेवार सेवा प्रदायकका रूपमा सधैं प्रचलित कानूनको पालना गर्दै आफ्ना ग्राहक तथा सरोकारवालाको विश्वास कायम राख्दै निरन्तर सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ," विज्ञप्तिमा भनिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
941SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?