National life
cg eloctronics

ब्रिटिस काउन्सिलद्वारा कनेक्सन थ्रु कल्चर अनुदान २०२५ का लागि आवेदन आव्हान

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ वैशाख २०८२, आइतबार
424Shares
ब्रिटिस काउन्सिलद्वारा कनेक्सन थ्रु कल्चर अनुदान २०२५ का लागि आवेदन आव्हान
ncell

काठमाडौं । ब्रिटिस काउन्सिलले कनेक्सन थ्रु कल्चर (सिटिसि) संस्कृतिका माध्यमबाट संयोजन) अनुदान २०२५ आरम्भ भएको घोषणा गरेको छ। सिटिसिअन्तर्गत ब्रिटिस काउन्सिलले नेपाली कलाकारहरू, सांस्कृतिक कर्मीहरू र सृजनात्मक कार्यमा संलग्न संस्थाहरूलाई बेलायतका साझेदारहरूसँग सहकार्य गर्न अनुदानका लागि आवेदन दिन आव्हान गरेको छ।

विश्वव्यापी सहकार्यको आवश्यकता अहम् भएको अहिलेको परिस्थितिमा, यस कार्यक्रमले नेपाल तथा अन्य देशका सिर्जनात्मक समुदायलाई जोड्ने परियोजनाहरूलाई १०,००० पाउन्ड स्टर्लिङ (करिब १८ लाख २० हजार नेपाली रुपैयाँ) सम्मको अनुदान दिने छ।

यो कार्यक्रम अन्तरगत विभिन्न देशका कलाकर्मीहरूको संयुक्त कला कार्यशाला (ज्वाइन्ट रेसिडेन्सी), संयुक्त सिर्जनाहरूको प्रदर्शनी, मञ्चन, अनुसन्धान, र डिजिटल कथा वाचनजस्ता परियोजनालगायतका त्यस्ता पहलहरूलाई सहयोग गरिनेछ जसको उद्देश्य आपसी समझदारी बढाउने, नवीन संवाद सुरु गर्ने, र दीर्घकालीन अन्तर्राष्ट्रिय साझेदारीहरू निर्माणको हुनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

ब्रिटिस काउन्सिल नेपालका कन्ट्री डाइरेक्टर रुस्तम मोदीले यससम्बन्धीमा भनेका छन्, “यस कार्यक्रमले दुवै देशका कलाकर्मी र कलासम्बन्धी संस्थाहरूलाई साझा भविष्यको कल्पना गर्न सशक्त बनाउँछ। साझा सृजनात्मकता र आपसी सम्मानमार्फत, अन्तरदेशीय सार्थक साझेदारी विस्तार भएको हामी देख्दै छौँ र यसको प्रभाव दीर्घकालीन हुनेछ।”

यो कार्यक्रमको सन् २०२५ संस्करणमा नेपालसहित बेलायत र एसिया प्यासिफिक तथा युरोपका १९ साझेदार देशहरूबाट आवेदक खुला गरिएको छ। यस वर्ष ब्रिटिस काउन्सिलले विशेष गरी जलवायु परिवर्तन, विविधता तथा समावेशिता, र कलामा समानताजस्ता विश्वव्यापी विषयहरूमा केन्द्रित कला कर्मलाई प्राथमिकता दिँदै करिब ९० परियोजनालाई अनुदान दिने लक्ष्य राखेको छ।

ब्रिटिस काउन्सिल साउथ एसियाकी क्षेत्रीय कला निर्देशक जिल रिचेन्सले भन्छन्, “कनेक्सन थ्रु कल्चर अनुदान भन्दा पनि सृजनशीलता, सहकार्य, र परिवर्तनको उत्प्रेरक हो। हामी त्यस्ता परियोजनाहरूलाई सहयोग गर्न पाउँदा गर्व गछौँ जसले कलात्मक नवप्रवर्तन मात्र होइन, संस्कृतिहरू र समुदायहरूबिच सेतु निर्माण गर्छन्।”

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
424SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?