National life

मंगलबार मतदान हुने राष्ट्रियसभा अध्यक्ष पदमा दाहाल र शर्माको उम्मेदवारी 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ फागुन २०८०, सोमबार
462Shares
मंगलबार मतदान हुने राष्ट्रियसभा अध्यक्ष पदमा दाहाल र शर्माको उम्मेदवारी 
ncell

काठमाडौँ।  संघीय संसद्को निर्वाचन कार्यपालिका अनुसार आज सोमबार संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रियसभा अध्यक्षका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ।

नेपाली काँग्रेसका युवराज शर्मा र माओवादी केन्द्रका सांसद नारायण दाहालले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका हुन् । दाहालको प्रस्तावकमा माओवादीका गोपीबहादुर सार्की र समर्थकमा एमालेका देवेन्द्र दाहाल तथा एकीकृत समाजवादीका  बेदुराम भुसाल रहेका छन् ।

यता नेपाली काँग्रेसको तर्फबाट अध्यक्षमा उम्मेदवारी दर्ता गरेका शर्माको प्रस्तावकमा काँग्रेसकै अर्का नेता आनन्दप्रसाद ढुङ्गाना र समर्थकमा लोसपाका किरणबाबु श्रेष्ठ रहेका छन्।

Royal Enfield
nic asia capital
राष्ट्रियसभा अध्यक्षको मतदान भने भोली अर्थात् मङ्गलवार हुने कार्य तालीका रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
462SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?