National life
cg eloctronics

मधेस प्रदेशमा आज जुडशीतल पर्व मनाइँदै,सरकारले दियो सार्वजनिक बिदा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ वैशाख २०८१, आइतबार
564Shares
मधेस प्रदेशमा आज जुडशीतल पर्व मनाइँदै,सरकारले दियो सार्वजनिक बिदा
ncell

काठमाडौं। मधेश तथा मिथिलाञ्चल क्षेत्रमा मान्यजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्य र दीर्घजीवनको आशीर्वाद दिने पर्वको रुपमा मनाईने जुडशीतल पर्व मनाइँदै छ।

यो पर्वमा मान्यजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्य र दीर्घजीवनको आशीर्वाद दिने चलन छ। यो मनाउने समुदायले विशेष गरी आज खेतबारीमा पनि पानी हाल्ने गर्दछन्।

सूर्यको तापले पानी खोजिरहेका मानवलगायत बिरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य भएको संस्कृतिविद्हरू बताउँछन्। यो पर्वमा चना बदामको सातुल, दाल, सजिवनको तरकारी, बदामको पिठोबाट बनाइएको बरी र दही मथेर करी पकाइ खाने परम्परा रहेको छ। यो पर्वको अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रत्येक वैशाख प्रारम्भसँगै मिथिलामा जुडशितल पर्व मनाइन्छ । यो पर्वमा वर्षभरि शीतलता, सुख, समृद्धि, शान्ति, दीर्घायु र प्रगतिको कामनासहित ठुलाबडाले आफूभन्दा सानालाई आशीर्वाद दिने गर्छन् । रुखविरुवामा पानी हाल्ने अनि खेतबारीमा मलजल गर्ने परम्परा पनि यो पर्वको अर्को विशेषता हो । बढ्दो गर्मीका माझ आरम्भ हुने जुड शितललाई जीवनमा शीतलता दिने पर्वका रूपमा लिइन्छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
564SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?

मधेस प्रदेशमा आज जुडशीतल पर्व मनाइँदै,सरकारले दियो सार्वजनिक बिदा | आर्थिक भ्वाइस | आर्थिक भ्वाइस