National life

माओवादी केन्द्र र एकीकृत समाजवादीसहित आठ दलको एकता सहमति: चुनाव चिह्न ‘तारा’

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|१६ कात्तिक २०८२, आइतबार
1.3kShares
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित आठ दलको एकता सहमति: चुनाव चिह्न ‘तारा’
ncell

काठमाडौँ, कात्तिक १६ गते । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहित आठ दलले एकताको सहमति गरेका छन् । नयाँ पार्टीको प्रमुख दुई पदमा संयोजक र सहसंयोजक राख्ने भएका छन्। आगामी ६ महिनाभित्र एकता महाधिवेशन र त्यसअघि कात्तिक १९ गते एकता राष्ट्रिय सम्मेलन गर्ने सहमतिपत्रमा उल्लेख छ । सहमति पत्रमा पार्टीको नाम भने उल्लेख गरिएको छैन ।

Royal Enfield
nic asia capital
चुनाव चिह्न भने पाँचकुने ‘तारा’ हुने उल्लेख छ ।

सहमति पत्रमा माओवादी केन्द्रको तर्फबाट संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड, समाजवादीको तर्फबाट अध्यक्ष माधवकुमार नेपालसहित आठ दलका नेताले अध्यक्षर गर्नुभएको छ ।

माओवादी र समाजवादीसँगै नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पाटी नेकपा (माओवादी–समाजवादी), नेपाल कम्युनिष्ट पार्टी (चिरन पुन) र नेकपा (साम्यवादी) का नेताहरूले हस्ताक्षर गर्नुभएको छ ।

सहमति पत्रमा भनिएको छ, “पार्टीको एकता राष्ट्रिय सम्मेलन एकता प्रक्रियामा सहभागी सबै घटकका केन्द्रीय समितिको संयुक्त भेलाको रुपमा एकता राष्ट्रिय सम्मेलनको आयोजना २०८२ कात्तिक १९ गते गरिने छ । एकता राष्ट्रिय सम्मेलनबाट पार्टी एकताको घोषणा, घोषणा पत्र र अन्तरिम विधान पारित र केन्द्रीय समितिको गठनलगायत कार्य गरिने छन् ।”

पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद, नेपाली क्रान्तिको कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद, पार्टीको तत्कालीन कार्यनीति पुँजीवादी जनवादी क्रान्तिका उपलब्धिहरूको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय, सामाजिक आर्थिक समृद्धि र रुपान्तरण गर्दै समाजवादको आधार तयार गरिने जनाइएको छ ।

पार्टी एकताबारे थप प्रष्ट पार्दै भनिएको छ, “पुँजीवादी जनवादी क्रान्तिको उपलब्धिको रूपमा रहेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन, सामाजिक न्याय र आर्थिक सामाजिक रुपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न बृहत् कम्युनिष्ट आन्दोलनको एकीकरण आजको वस्तुगत आवश्यकता हो ।”

आन्दोलनको स्वरूपमा आन्दोलन मूलतः शान्तिपूर्ण हुने र परिस्थितिअनुसार सडक, सदन र सरकारलगायत सबै मोर्चा प्रयोग गरिने उल्लेख छ । यस्तै, आगामी छ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशनको आयोजना गरिने सहमति पत्रमा जनाइएको छ ।

सहमति पत्रमा भनिएको छ, “केन्द्रीय समितिको गठन एकता प्रक्रियामा सहभागी भएका पार्टीहरूका साविकका केन्द्रीय समितिहरूलाई समायोजन गर्दै आपसी सहमतिको आधारमा केन्द्रीय समिति गठन गरिने छ, केन्द्रीय समितिभित्रको संरचना केन्द्रीय समिति, राजनीतिक समिति, सचिवालय, कार्यसंयोजन समिति हुनेछ ।”

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?