National life
cg eloctronics

रेडमी नोट १४ सिरिजका लागि विशेष ‘बन्डलिङ योजना’ सार्वजनिक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ असोज २०८२, शनिबार
528Shares
रेडमी नोट १४ सिरिजका लागि विशेष ‘बन्डलिङ योजना’ सार्वजनिक
ncell

काठमाडौ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले रेडमी नोट १४ सिरिजका लागि विशेष अफर घोषणा गरेको छ । यस अफरअन्तर्गत ग्राहकले स्मार्टफोन खरिदसँगै प्रिमियम एसेसरीमा आकर्षक छुट पाउनेछन् ।

असोज ५ गतेदेखि कार्तिक १४ गतेसम्म (सेप्टेम्बर २१ देखि अक्टोबर ३१, २०२५) सञ्चालन हुने यस अफरअन्तर्गत, हरेक स्मार्टफोन खरिदमा ग्राहकले रेडमी बड्स ५ए ९ सय ९९ रुपैयाँमा प्राप्त गर्न सक्नेछन् ।

यस अफरबारे शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, “हामी ग्राहकलाई उत्कृष्ट मूल्यसहितको अनुभव दिन प्रतिबद्ध छौं । ग्राहकलाई थप खुसी दिनका लागि ल्याइएको यो अफरमार्फत् हामीले उत्पादनलाई सबैका लागि अझ सुलभ बनाउन खोजेका छौं ।”

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

रेडमी नोट १४ सिरिजअन्तर्गत कुनै पनि मोडल खरिद गर्ने ग्राहकले सामान्यतया रु. २ हजार ४ सय ९९ रुपैयाँ पर्ने रेडमी बड्स ५ए केवल रु. ९ सय ९९ रुपैयाँमा पाउनेछन् ।

यो अफर रेडमी नोट १४, रेडमी, रेडमी नोट १४ ५जी, नोट १४ प्रो ५जी, र रेडमी नोट १४ प्रो+ ५जी सबै मोडलहरूमा लागू हुनेछ । ग्राहकहरूले जुनसुकै स्मार्टफोन छनोट गरे पनि एकै मूल्यमा एसेसरी प्राप्त गर्ने सुविधा पाउने बताइएको छ । देशभरका आधिकारिक शाओमी बिक्रेता र सबै स्मार्ट फोन बिक्रेतामार्फत प्राप्त गर्न सकिनेछ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
528SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?