काठमाडौँ । गत राति परेको वर्षाका कारण कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–नुम खण्डको ठूलोढुङ्गा अरुणथान स्थित चार किलोमिटर क्षेत्रमा क्षति पुगेको छ ।
उत्तर दक्षिण कोशी सडक आयोजनाका प्रमुख सविन कोइरालाका अनुसार यो खण्डमा कालो पत्रका लागि गरिएको ‘सवबेस’,ग्याविन पर्खाल र नाली बगाएको छ । कोशी राजमार्गअन्तर्गत खाँद बारी किमाथाङ्का खण्डको ठूलो ढुङ्गा–पाङ्मा अरुणथानमा सबैभन्दा बढी क्षति भएको हो।
वर्षाका कारण मकालु गाउँपालिकाको नुममा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।
आयोजना प्रमुख कोइरालाले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जानकारी दिएका छन् । । वर्षाले पिच गर्न तयार गरिएको सडक बगाउँदा करिब एक करोड बढीको क्षति भएको कोइरालाको भनाई छ ।


































