काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयर दुर्घटना भएपछि आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
जहाज दुर्घटनाको स्थलगत अनुगमनका लागि दुर्घटनाग्रस्त स्थलमा पुगेर फर्किएका प्रधानमन्त्री ओलीले तत्काल छानबिन समिति बनाउने विषयमा छलफल गर्न बोलाइएको मन्त्रिपरिषद् बैठक ५ बजेदेखि बसिरहेको छ।
बुधवार बिहान काठमाडौँबाट पोखरा उडेको सौर्य एयरको जहाज दुर्घटनामा परेर १८ जनाले ज्यान गुमाएका छन् भने क्याप्टेन बाँच्न सफल भएका छन् ।
































