National life
cg eloctronics

विश्व क्रिकेटका महान खेलाडी फाफ डु प्लेसिस विराटनगर किंग्समा सामेल

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|१४ कात्तिक २०८२, शुक्रबार
1.1kShares
विश्व क्रिकेटका महान खेलाडी फाफ डु प्लेसिस विराटनगर किंग्समा सामेल
ncell

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमिय लिग (NPL) को दोस्रो सिजनका लागि विश्व प्रसिद्ध दक्षिणी अफ्रिकी क्रिकेटर फाफ डु प्लेसिसलाई अनुबन्ध गरेको घोषणा गरेको छ।

फाफ डु प्लेसिस अन्तर्राष्ट्रिय क्रिकेटका सर्वाधिक सम्मानित खेलाडीमध्ये एक हुन्। कप्तानको रूपमा आफ्नो देश दक्षिण अफ्रीका र विश्व प्रसिद्ध लिग आइपिएल (IPL) को फ़्रेन्चाइज RCB लाई नेतृत्व गरेको अनुभव छ। उनले विश्व क्रिकेटमा उत्कृष्ट रणनीतिक सोच, स्थायित्व र आक्रामक ब्याटिंगका लागि उच्च सम्मान प्राप्त गरेका छन्। उनको अनुभव र नेतृत्वले बिराटनगर किंग्सको टिमलाई अझ बलियो बनाउने विश्वास गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

“फाफ डु प्लेसिस जस्ता विश्वस्तरीय खेलाडी आउनु बिराटनगर किंग्स र NPL को लागि गर्वको कुरा हो। उनको आगमनले बिराटनगर किंग्स र NPL को लागि आउने दिनमा अन्य विश्वस्तरीय खेलाडी आउन अझ उत्साहित हुनेछन्”- दिपेन्द्र चौधरी (टिम डाइरेक्टर)

“फाफ डु प्लेसिसको आगमनले बिराटनगर किंग्सका खेलाडीहरूलाई उनीसँग ड्रेसिंग रूम, उनको अन्तर्राष्ट्रिय क्रिकेटको अनुभवबाट धेरै सिक्ने अवसरका साथै NPL लाई विश्वस्तरमा पुर्याउने विश्वास लिएको छ। अब बिराटनगर किंग्स फाफ डु प्लेसिसको साथमा NPL सिजन टु का लागि नयाँ जोश र आत्मविश्वासका साथ मैदानमा उत्रिने तयारीमा छ।

 बिराटनगर किंग्सको बारेमा

बिराटनगर किंग्स नेपाल प्रिमियर लिग (NPL) मा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने क्रिकेट फ्रेन्चाइज टिम हो। टोलीको उद्देश्य स्थानीय प्रतिभालाई उजागर गर्नु, खेलभावना प्रवर्द्धन गर्नु र फ्यान तथा समुदायसँग गहिरो सम्बन्ध स्थापना गर्दै कोशी प्रदेशको गौरव बढाउनु हो।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?