काठमाडौँ : पर्साको वीरगन्जमा अनिश्चित भनिएको कर्फ्यु ११ घण्टाका लागि हटाइएको छ।
पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले आज एक सूचना जारी गर्दै बिहान ११ बजेदेखि राति १० बजेसम्मको लागि कर्फ्यु हटाइएको जानकारी दिएका छन् । सर्वसाधारणको सुविधालाई दृष्टिगत गरी हाललाई कर्फ्यु स्थगित गरिएको सूचनामा उल्लेख छ।
राति १० बजेदेखि भने फेरी कर्फ्युले निरन्तरता पाउने प्रशासनको भनाई छ ।रौतहटमा सरस्वती मूर्ति सेलाउन जाने क्रममा दुई समुदायबिच झडप भएपछि वीरगन्जमा समेत प्रदर्शन सुरु भएको थियो ।
आन्दोलन उग्र बनेपछि प्रशासनले फागुन ७ गते बेलुका ५ बजेदेखि अनिश्चित कालीन कर्फ्यु आदेश जारी गरेको थियो ।


































