काठमाडौंः काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको मुगु सरुवा भएको छ ।
व्यवसायी अरुण चौधरीसहित ३ जनालाई छाड्न आदेश दिएका जिल्ला अदालत काठमाडौंका न्यायाधीश आचार्यले माघ २२ गते हिरासतमा रहेका चौधरीसहित ३ जनालाई २ दिनभित्र अनुसन्धान सक्न वा थुनामुक्त गराउन आदेश दिएका थिए ।
यस आदेशलाई लिएर न्यायालयको सर्वत्र आलोचना भएको थियो । न्यायालयको आलोचना भएपछि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आचार्यलाई कार्वाही स्वरुप मुगु जिल्ला अदालतमा सरुवा गरेका हुन् ।

































