National life

संसदीय समितिद्वारा निर्वाचन आयुक्तमा सिफारिस प्रधानको नाम अस्वीकृत

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ साउन २०८१, सोमबार
448Shares
संसदीय समितिद्वारा निर्वाचन आयुक्तमा सिफारिस प्रधानको नाम अस्वीकृत
ncell

काठमाडौं । संसदीय सुनुवाइ समितिले निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको नाम अस्वीकृत गरेको छ ।

आज साँझ बसेको संसदीय समितिको बैठकले प्रधानको नाम निर्वाचन आयुक्तमा अस्वीकृत गरेको हो। बैठकअघि नै प्रधानले आफ्नो नाम फिर्ता लिए पनि समितिको कार्यविधिमा कुनै पनि व्यक्तिलाई स्वीकृत वा अस्वीकृत गर्ने मात्रै व्यवस्था अनुसार उनको नाम अस्वीकृत गरेको हो।

प्रधानविरुद्ध एक महिलाले यौन शोषण गरेको र अदालतमा मुद्दा दायर गरेपछि पैसा दिएर मिलापत्र गराएको भन्दै उजुरी गरेकी थिइन्।

Royal Enfield
nic asia capital
त्यसपछि उनीमाथि नैतिकताको प्रश्न उठेको थियो।

असार २ गते संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो। सोमबार संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुको छलफलले प्रधानको नाम अनुमोदन गर्न नसक्ने निश्कर्ष निकालेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
448SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?