काठमाडौँ । पानीको बहाव उच्च भएसँगै सप्तकोसी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले कोशीमा आइतबार साढे १० बजे पानीको बहाव ४ लाख ८६ हजार ७६० क्युसेक पुगेको जानकारी दिए ।
आजै बिहान पानीको वहाव प्रतिसेकेण्ड ३ लाख ३५ हजार पुगेपछि ब्यारेजका ५६ ढोकामध्ये ५० खोलिएको थियो ।
यसअघि गत भदौ १७ गते नदीमा पानीको वहाव उच्च हुँदै जाँदा कोशी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको थियो ।
यसपछि लगातार पानीको वहाव घटेको थियो । शुक्रबार र शनिबार लगातार बर्षा भइरहेको कारण आज बिहानदेखि सप्तकोशीमा पानीको वहाव बढ्दै गएको हो ।

































