National life
cg eloctronics

सीजी ब्रान्डको ‘तिहार रंगोली फोटो सेयर एन्ड विन’ प्रतियोगिताका विजेतालाई साउन्ड बार प्रदान

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|०१ माघ २०८२, बिहिबार
910Shares
सीजी ब्रान्डको ‘तिहार रंगोली फोटो सेयर एन्ड विन’ प्रतियोगिताका विजेतालाई साउन्ड बार प्रदान
ncell

काठमाडौं  । सीजी ब्रान्डले तिहार पर्वको अवसरमा आयोजना गरेको ‘Tihar Rangoli Photo Share & Win Contest’ का विजेतालाई पुरस्कार प्रदान गरेको छ। प्रतियोगिताकी विजेता स्वयम्भू, काठमाडौं निवासी मिस सोयशा श्रेष्ठलाई CG Meridia Sound Bar प्रदान गरिएको हो।

उक्त साउन्ड बारले उच्च गुणस्तरीय ध्वनि, आधुनिक डिजाइन तथा उत्कृष्ट सांगीतिक अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ। विजेतालाई सीजी ब्रान्ड (होम अप्लायन्सेस) का प्रतिनिधि भरत प्रसाद साहले पुरस्कार हस्तान्तरण गरेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

पुरस्कार ग्रहणपछि प्रतिक्रिया दिँदै विजेता सोयशा श्रेष्ठले आफू अत्यन्तै खुसी र उत्साहित भएको बताएकि छिन् । उनले भने, “सीजीको ‘Tihar Rangoli Photo Share & Win’ प्रतियोगितामा विजेता बन्न पाउँदा म साँच्चै खुसी छु। CG Meridia Sound Bar जित्न पाउँदा अझै उत्साह बढेको छ। यो अवसरका लागि म सीजी टिमप्रति आभारी छु।”

तिहारको उल्लासलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगिताले घर–आँगन सजाउने रंगोलीको कलात्मक सुन्दरतालाई डिजिटल माध्यमबाट साझा गर्ने अवसर प्रदान गरेको थियो। सहभागीहरूले पठाएका रंगोलीका तस्बिरहरूले नेपाली मौलिक कला, संस्कृति र चाडपर्वको जीवन्त झल्को प्रस्तुत गरेका थिए।

चार दशकभन्दा बढी समयदेखि नेपाली उपभोक्ता इलेक्ट्रोनिक्स बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सीजी इलेक्ट्रोनिक्सले गुणस्तरीय उत्पादन, नवप्रवर्तन तथा उत्कृष्ट सेवामार्फत लाखौं नेपाली उपभोक्ताको विश्वास जित्दै आएको छ। कम्पनीले देशभर रहेका २१ वटा आधुनिक शोरुम र ४० वटा सेवा केन्द्रमार्फत बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ।

ग्राहक सुविधालाई थप सहज बनाउन सीजीले आफ्नो आधिकारिक वेबसाइट cgdigital.com.np मार्फत अनलाइन बिक्री सेवा पनि सञ्चालन गर्दै आएको छ। छिटो, भरपर्दो र प्राविधिक रूपमा दक्ष सेवामार्फत सीजी ब्रान्डले आफूलाई गुणस्तर र विश्वसनीयताको पर्यायका रूपमा स्थापित गर्दै आएको कम्पनीको दाबी छ।

यो समाचार शेयर गर्नुहोस्
910SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?