National life
cg eloctronics

सेन्सईद्वारा आइसीसी टि २० विश्वकपमा नेपालको खेल हेर्न मुम्बई यात्रा जित्ने अभियान सुरु

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|०४ पुस २०८२, शुक्रबार
844Shares
सेन्सईद्वारा आइसीसी टि २० विश्वकपमा नेपालको खेल हेर्न मुम्बई यात्रा जित्ने अभियान सुरु
ncell

काठमाडौं । घरेलु उपकरणहरूमा अग्रणी ब्रान्ड सेन्सईले आगामी आइसीसी टि २० विश्वकपको आयोजनालाई केन्द्रमा राखी एक रोमाञ्चक ग्राहक अभियान सुरु गरेको छ। यस अभियान अन्तर्गत ग्राहकहरूलाई मुम्बईको ऐतिहासिक वानखेडे स्टेडियममा नेपालको क्रिकेट खेल प्रत्यक्ष हेर्ने सुनौलो अवसर प्रदान गरिनेछ।

यस पहलले सेन्सईको विश्वसनीय ग्राहकहरूलाई अविस्मरणीय अनुभवसँग पुरस्कृत गर्ने प्रतिबद्धता देखाउँदै राष्ट्रिय क्रिकेटप्रतिको उत्साहसँग आफूलाई जोडेको छ। नेपाली राष्ट्रिय टिम विश्व मंचमा प्रतिस्पर्धा गर्न तयारी गर्दा, यो अभियानले देशव्यापी समर्थनलाई एकताबद्ध गर्दै भाग्यशाली प्रशंसकलाई सिधै मैदानमा टिम नेपालको लागि चियर गर्न पठाउने उद्देश्य राखेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मुख्य पुरस्कार : मुम्बईको क्रिकेट यात्रा

अभियानको केन्द्रमा विजेतालाई सहभागीका लागि ५ दिने मुम्बई यात्राको पूर्ण व्यवस्था रहनेछ। पुरस्कारको रूपमा विजेताले प्रख्यात वानखेडे स्टेडियमको दर्शक दर्गाहबाट आइसीसी टि २० विश्वकपमा नेपाल सहभागी रोमाञ्चक खेल प्रत्यक्ष हेर्न पाउनेछन्।

सहभागीता प्रक्रिया

यो उत्साहजनक प्रतिस्पर्धामा सहभागी हुन सेन्सईको कुनै पनि उत्पादन खरिद गरेका ग्राहकहरूले निम्न एसएमएस ढाँचा पठाएर लकी ड्रमा सहभागी हुन सक्नेछन्।

Sensei [Space] वारेन्टी कार्ड नं [Space] उत्पादनको नाम [Space] ग्राहकको नाम [Space] ठेगाना ३१००३ मा एसएमएस पठाउनुपर्नेछ ।

खरिदमा आकर्षक तत्काल उपहार

– फ्रन्ट लोड वाशिंग मेसिन : ३ केजी एरियल डिटर्जेन्ट निःशुल्क – सेमी अटोमेटिक वाशिंग मेसिन : निःशुल्क इलेक्ट्रिक केतली – सिजी टेलिभिजन *: 43" र त्यसभन्दा माथिका मोडलहरूमा ९ महिनाको निःशुल्क नेटटिभी सदस्यता

यस अभियानमा सेन्सईको एयर कुलर, वाशिंग मेसिन, शोकेस, टेलिभिजन, भ्याकुम क्लिनर, रेफ्रिजरेटर, चेस्ट फ्रिजर लगायत विविध उत्पादनहरू समावेश छन्।

यो अभियान सीमित अवधिका लागि मात्र लागू हुनेछ। नियम र शर्तहरू लागू हुन्छन्।

सेन्सई विश्वसनीय ब्रान्ड हो जसले दैनिक जीवनलाई उन्नत बनाउन डिजाइन गरिएको विश्वसनीय र नविनताका विविध घरेलु उपकरणहरूको पोर्टफोलियो प्रदान गर्दछ। सिजी इलेक्ट्रोनिक्स नेपालमा उपभोक्ता इलेक्ट्रोनिक्स र घरेलु उपकरणहरूको एक अग्रणी वितरक हो, जसले गुणस्तरपूर्ण ब्रान्डहरू नेपाली बजारमा ल्याउन र उत्कृष्ट ग्राहक सेवा प्रदान गर्ने कारणले ख्याति प्राप्त गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
844SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?