National life
cg eloctronics

स्वास्थ्य क्षेत्रकी अग्रणी अभियन्ता सोइना शर्मालाई जेसीज सम्मान प्रदान

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२३ कात्तिक २०८२, आइतबार
1.7kShares
स्वास्थ्य क्षेत्रकी अग्रणी अभियन्ता सोइना शर्मालाई जेसीज सम्मान प्रदान
ncell

मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने मूल मन्त्रका साथ अघि बढेको विराटनगर जेसीजको जेसीज सप्ताह–२०२५ को समापन समारोहमा स्वास्थ्य सेवा क्षेत्रकी अग्रणी अभियन्ता सोइना शर्मालाई सम्मानित गरिएको छ।

सोइना शर्मा नेपाली कांग्रेसका युवा नेता पूर्व सांसद डा. सुनिल शर्माकी सुपुत्री हुनुका साथै नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजकी सञ्चालक समेत हुन्। उनलाई स्वास्थ्य सेवा क्षेत्रमा पुर्‍याएको योगदान, समर्पण र मानवीय सेवाभावको उच्च कदर गर्दै विराटनगर जेसीजले “जेसीज सम्मान–२०२५” प्रदान गरेको हो।

समारोहमा वक्ताहरूले शर्माको नेतृत्व, इमानदारी र सामाजिक उत्तरदायित्वप्रतिको समर्पणको प्रशंसा गर्दै, स्वास्थ्य सेवा क्षेत्रमा देखाएको दृढता र लगनशीलताले समाजमा प्रेरणादायी प्रभाव पारेको बताए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विराटनगरका मेयर नागेश कोइरालाले भने, “सोइना शर्माले स्वास्थ्य सेवा क्षेत्रलाई नाफा भन्दा पनि मानवीय संवेदनाको दृष्टिले अगाडि बढाउँदै आउनुभएको छ। उहाँ जस्ता व्यक्तिहरूको योगदानले हाम्रो समाजमा मानवताको उज्यालो फैलाएको छ। विराटनगर जेसीजको यस्तो सम्मानले सेवाभावलाई अझ प्रेरणा दिनेछ।”

शर्मा स्वास्थ्य क्षेत्रको व्यवस्थापन, सेवा विस्तार र जनहितका गतिविधिहरूमा सक्रिय रहँदै आएकी छिन्। समारोहमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्व, सामाजिक अभियन्ता, युवा उद्यमी र जेसीजका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?