National life

हेटौँडामा ५३१ घरटहरा भत्काइयो,बजार अस्तव्यस्त

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२० मंसिर २०८२, शनिबार
447Shares
हेटौँडामा ५३१ घरटहरा भत्काइयो,बजार अस्तव्यस्त
ncell

मकवानपुर। हेटौँडा बजार क्षेत्रमा सडक सीमा चौडासँगै विस्तार कार्य सुरु गरिएको छ। सडक डिभिजन कार्यालय हेटौँडाले शनिबार बिहानदेखि सडकको केन्द्रबाट दायाँबाया २५ गजभित्र बनेका घरटहरामा डोजर लगाएको हो।

हेटौँडा उपमहानगरपालिकाको रातोमाटेदेखि मकवानपुर उद्योग वाणिज्य चोक र बुद्ध चोकदेखि जिल्ला प्रहरी कार्यालयसम्मका घरटहरामा डोजर चलाइएको थियो। बिहानभरमा ५३१ घरटहरालगायतका संरचना डोजर लगाएर भत्काइएको हो।

Royal Enfield
nic asia capital

घरटहरा लगायतका संरचना डोजर चलेसँगै हेटौँडा बजारमा विद्युत्, टेलिफोन र इन्टरनेट सेवा विच्छेद भएको छ। हेटौँडा बजार अस्तव्यस्त बनेको छ।

रातोमाटेदेखि मकवानपुर उद्योग वाणिज्य संघसम्म र बुद्धचौकदेखि राप्ती पुलतर्फका पहिलो दिन ५३१ घरटहरा भत्काइएको छ।

सडक डिभिजन हेटौँडाले मंसिर ५ गते १५ दिने सूचना जारी गर्दै रातोमाटेदेखि सामरी पुल र बुद्धचोकदेखि राप्ती पुलसम्म सडक सीमाभित्रका घरटहरालगायतका संरचना हटाउन घरजग्गा धनीलाई भनेको थियो।

सर्वोच्च अदालतले शुक्रबार मात्रै हेटौँडाको सडक विस्तार सम्बन्धी सूचना कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो। तर उक्त आदेशको अवज्ञा गर्दै केही घरमा डोजर चलाइएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ, पूर्व सांसदसमेत रहेकी हेटौँडा विन्दवासिनी कंसाकारले दायर गरेको उत्प्रेषणको रिटमा अदालतका न्यायाधीश मेघराज पोखरेलको एकल इजलाशले सडक विस्तारको सूचना कार्यान्वयन नगरी यथास्थितिमा राख्नु, राख्न लगाउनु भन्दै सडक डिभिजन कार्यालय हेटौँडाको नाममा आदेश दिएको हो।

यो समाचार शेयर गर्नुहोस्
447SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?