काठमाडौँ । ह्वावे नेपालले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सञ्चालन गरेको सिड्स फर द फ्युचर कार्यक्रमका विजेता घोषणा गरेको छ। सूचना प्रविधिका प्रतिभाहरूको विकाससँगै अन्तर सामाजिक सम्बन्धका निम्ति कार्यक्रमको आयोजना गरिएको हो।
ह्वावेको सिड्स फर द फ्युचर कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको प्रतियोगितामा आवेदन दिएका ३ विद्यार्थी मध्येबाट ३० जनालाई छनोट गरिएको थियो।
प्रतिष्ठित व्यक्तिहरू सम्मिलित निर्णायक मण्डलले गत आषाढ १७ मा गरेको अन्तिम अन्तरवार्तामा अन्तिम सुचीमा परेका विद्यार्थीबाट विजेता चयन गरिएको छ।
विद्यार्थीहरूलाई नेतृत्व क्षमता, शैक्षिक तीक्ष्णता, सञ्चार कौशल, समूहगत सहकार्य, समय अनुकूल परिवर्तन हुन सक्ने तथा लचिलो प्रवृत्तिको समेत मूल्याङ्कन गरिएको थियो। हौसला, जोश, समस्या समाधानका निम्ति गरिने योगदान, प्राविधिक ज्ञान र सिप, नयाँ सोच सहित सामाजिक जिम्मेवारी लिने, नैतिकता जस्ता शिर्षकलाई छनोटका आधार बनाइएको थियो ।
शीर्ष स्थानमा रहन सफल विद्यार्थीहरू आशिष कार्की, एनजीलिना घिमिरे , प्रियाँशु शर्मा, साधना पन्थी, समिप अर्याल र समृद्धि कार्की हुन्। उनीहरूले अब क्षेत्रीय प्रतियोगितामा भाग लिनेछन् । जुन वि.स २०८१ को भाद्र महिनामा चीनमा आयोजना हुने टेक फर गुडको क्षेत्रीय चरणमा हुने आयोजकले जनाएको छ।
































