National life

इलाम–२ मा एमाले उम्मेदवार सुहाङलाई सघाउने माओवादीको निर्णय

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ चैत २०८०, बिहिबार
603Shares
इलाम–२ मा एमाले उम्मेदवार सुहाङलाई सघाउने माओवादीको निर्णय
ncell

काठमाडौँ। नेकपा माओवादी केन्द्रले इलाम–२ को उपनिर्वाचनमा अन्ततः नेकपा एमालेका उम्मेदवार बनेका सुहाङ नेम्वाङलाई सहयोग गर्ने भएको छ।

माओवादी केन्द्रबाट उम्मेदवारका लागि सिफारिसमा परेका धिरेन्द्र शर्मालाई पछि हटाएर एमालेलाई सहयोग गर्ने निर्णय गरेको हो। माओवादीका शर्माले एमालेलाई सहयोग गर्ने निर्णय पार्टी केन्द्रमा भएको जानकारी बताएका छन्।

‘दुई अध्यक्ष बिच हिजो सहमति भएको रहेछ ।

Royal Enfield
nic asia capital
केन्द्रबाट निर्देशन आएको छ । अब गठबन्धनका उम्मेदवार जिताउन लाग्छौं,’ माओवादीका केन्द्रीय सदस्य शर्माले  जानकारी दिएका छन् ।

इलाम–२ मा १५ वैशाखमा हुने उपनिर्वाचन यस अगाडि नै एमालेबाट सुहाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी गुरुङ, एकीकृत समाजवादीबाट जीतबहादुर राई, जनमतबाट प्रेमदीप थाम्सुहाङ र पहिचानवादीबाट डगेन्द्रसिंह थेगिमले उम्मेदवारी घोषणा गरेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
603SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?