National life
cg eloctronics

एलजी नेपालद्धारा अन्तर्राष्ट्रिय क्रिकेटको रोमाञ्चलाई एकसाथ जोड्ने आकर्षक उपभोक्ता क्याम्पेनको घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|०२ पुस २०८२, बुधबार
918Shares
एलजी नेपालद्धारा अन्तर्राष्ट्रिय क्रिकेटको रोमाञ्चलाई एकसाथ जोड्ने आकर्षक उपभोक्ता क्याम्पेनको घोषणा
ncell

काठमाडौं ।  एलजी नेपालले विश्वस्तरीय अत्याधुनिक प्रविधि र प्रत्यक्ष अन्तर्राष्ट्रिय क्रिकेटको रोमाञ्चलाई एकसाथ जोड्ने आकर्षक उपभोक्ता क्याम्पेनको घोषणा गरेको छ। सीमित अवधिका लागि लागू हुने यस अफरअन्तर्गत, कुनै पनि LG प्रोडक्ट खरिद गर्ने ग्राहकले भारतको मुम्बईस्थित प्रतिष्ठित वानखेडे स्टेडियममा प्रत्यक्ष खेल हेर्न पाउने ४ रात ५ दिनको पूर्ण रूपमा प्रायोजित (All-Paid) यात्रा जित्ने अवसर पाउनेछन्।

LG को विश्वव्यापी ब्रान्ड दर्शन ‘Life’s Good’ मा आधारित यो क्याम्पेनले क्रिकेटप्रेमीहरुहरुको लागि साँच्चिकै महत्वपूर्ण यस क्षणलाई उत्सवका रूपमा प्रस्तुत गर्दछ। LG ले प्रोडक्टभन्दा पर गएर स्मरणीय अनुभव सिर्जना गर्ने आफ्नो प्रतिबद्धतालाई थप सुदृढ गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस क्याम्पेनअन्तर्गत छनोट हुने विजेताहरूले म्याच टिकट, बसोबास तथा सिटी टुर सहितको सम्पूर्ण ट्राभल प्याकेज प्राप्त गर्नेछन्, जसले उनीहरूको यात्रा सहज र अविस्मरणीय बनाउनेछ। साथै, LG ग्राहकहरूका लागि पक्का उपहारहरू समेत सुनिश्चित गरिएको छ। जसमा वासिङ मेसिन खरिदमा 3 K.G निःशुल्क एरियल डिटर्जेन्ट, AC खरिदमा निःशुल्क इन्स्टलेसन, माइक्रोवेभ ओभनमा कुकिङ किट, साथै थप सब्सक्रिप्सन सुविधाहरू समावेश छन्।

क्याम्पेनमा सहभागिता जनाउने प्रक्रिया एकदमै सरल र सहज रहेको छ । कुनै पनि LG प्रोडक्ट खरिद गरी वारन्टी कार्ड नम्बर, प्रोडक्टको नाम, ग्राहकको नाम र ठेगाना तोकिएको फोरम्याटमा 31003 मा SMS पठाएर ग्राहकहरूले सहभागिता जनाउन सक्नेछन्। यो अफर सीमित अवधिका लागि मात्र मान्य रहने र नेपालभर लागू हुनेछ ।

यस क्याम्पेनबारे आफ्नो धारणा व्यक्त गर्दै LG का ब्रान्ड तथा मार्केटिङ म्यानेजर, श्री मुकेश कुमार बैठाले यस पहलले दैनिक जीवनलाई अर्थपूर्ण अनुभवमार्फत समृद्ध बनाउने LG को विश्वासलाई प्रतिबिम्बित गर्ने बताए। उहाँले भन्नुभयो, “LG मा नवप्रवर्तन भनेको केवल अत्याधुनिक प्रविधि मात्र होइन, मानिसहरूले सधैं सम्झिरहने क्षणहरू सिर्जना गर्नु पनि हो। यो अभियान LG रोज्ने नेपाली उपभोक्तालाई विश्वव्यापी खेलको उत्साहसँग अझ नजिक ल्याउने हाम्रो प्रयास हो।” साथै, हामी नेपाली समर्थकहरूसँगै मैदानमै उपस्थित भएर खेल हेरी नेपाली क्रिकेट टोलीलाई समर्थन गरिरहेका छौँ, जसले उनीहरूको आत्मविश्वास अझ बढाउनेछ।

यो क्याम्पेन नेपालमा LG को आधिकारिक वितरक CG Electronics सँगको सहकार्यमा सञ्चालन भइरहेको छ, जसले देशभर सहज पहुँच र विश्वासिलो रिटेल अनुभव सुनिश्चित गर्दछ।

यस पहलमार्फत LG नेपालले पुनः एकपटक आफ्ना उपभोक्तासँगको सम्बन्धलाई थप सुदृढ बनाउँदै, उच्चस्तरीय स्मार्ट प्रोडक्टहरूसँगै ‘Life’s Good’ को अनुभूति दिलाउने स्मरणीय अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।

LG नेपालबारे

पछिल्ला ४० वर्षदेखि LG नेपाल नेपाली घरघरमा विश्वासिलो ब्रान्डका रूपमा स्थापित छ। घरेलु उपकरण तथा इलेक्ट्रोनिक्स क्षेत्रमा नवीन, भरपर्दो र प्रयोगमैत्री प्रविधि उपलब्ध गराउँदै आएको LG ले ‘Life’s Good’ भन्ने विश्वासका साथ दैनिक जीवनलाई अझ स्मार्ट र सहज बनाउँदै आएको छ।

यो समाचार शेयर गर्नुहोस्
918SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?