National life
cg eloctronics

डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२१ कात्तिक २०८२, शुक्रबार
1.3kShares
डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने
ncell

काठमाडौं । डिशहोमले नेपालभरका स्पा तथा सलोन सेवामा अग्रणी र विश्वसनीय नाम मध्ये एक, द ट्राङक्विलिटी स्पा सँग रणनीतिक साझेदारी गरेको घोषणा गरेको छ।

डिशहोमको अभिनव भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रमअन्तर्गत सुरु गरिएको यो सहकार्यले ग्राहकहरूको जीवनशैलीलाई अझ समृद्ध बनाउन र उनीहरूलाई देशव्यापी रूपमा विशेष स्वास्थ्य तथा वेलनेस लाभहरू प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

अब डिशहोमका सक्रिय ग्राहकहरूले नेपालभर रहेका सबै ट्राङक्विलिटी स्पा शाखाहरूमा तलका विशेष छुटहरू प्राप्त गर्न सक्नेछन् –

· सबै स्पा र सलोन सेवामा २५% छुट

· सबै सलोन सेवामा २०% छुट

· ट्राङक्विलिटी इन्टरनेशनल ब्यूटी एण्ड स्पा एकेडेमी (TIBSA) मा हुने तालिम कार्यक्रममा ३०% छुट

लक्जरी वातावरण, अनुभवी थेरापिस्टहरू र विश्वस्तरीय उपचारका लागि परिचित द ट्राङक्विलिटी स्पा ले नेपालमा वेलनेस र रिल्याक्सेसनको पर्यायका रूपमा आफ्नो स्थान स्थापित गरेको छ। देशका प्रमुख सहरहरू र पर्यटनस्थलहरूमा शाखा विस्तार गरिसकेको यस स्पाले डिशहोमका ग्राहकहरूलाई मनोरञ्जन र स्वास्थ्यका उत्कृष्ट सुविधाहरू एउटै प्लेटफर्ममा उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

काठमाडौंमा अवस्थित TIBSA ले ब्यूटी थेरापी, स्पा ट्रीटमेन्ट, मसाज थेरापी र समग्र वेलनेस सम्बन्धी व्यावसायिक पाठ्यक्रमहरू प्रदान गर्छ। व्यावहारिक तालिम र विशेषज्ञ प्रशिक्षकहरूद्वारा संचालित यो संस्थाले नेपालको आगामी पुस्ताका वेलनेस व्यवसायिकहरूलाई तयार पार्ने उद्देश्य राखेको छ।

अफर विवरण

· देशभरका सबै ट्राङक्विलिटी स्पा शाखामा सबै स्पा र सलोन सेवामा २५% छुट

· सबै सलोन सेवामा २०% छुट

· TIBSA मा प्रशिक्षण सेवामा ३०% छुट

· यो सुविधा सिर्फ सक्रिय डिशहोम ग्राहकहरूका लागि, myDishHome App मार्फत उपलब्ध

कसरी छुट प्राप्त गर्ने

1. myDishHome App प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गर्नुहोस्।

2. दर्ता गरिएको मोबाइल नम्बर वा ग्राहक ID प्रयोग गरी लगइन गर्नुहोस्।

3. होम स्क्रिन वा प्रोफाइल सेक्सनमा रहेको आफ्नो Virtual Privilege Card खोल्नुहोस्।

4. कुनै पनि Tranquility Spa शाखामा कार्ड देखाएर तुरुन्तै छुट प्राप्त गर्नुहोस्।

यस साझेदारीलाई औपचारिक बनाउने क्रममा Tranquility Spa and Services का प्रमुख सञ्चालन अधिकृत (COO) श्री रणिल फाइजो र DishHome का Chief of New Product Development Officer श्री सबिन महर्जन बीच समझदारी पत्र (MoU)मा हस्ताक्षर गरिएको हो।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?