National life

मेरो ‘बा’ ले कहिले नदेखेको मजदुर दिवस

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१९ वैशाख २०८१, बुधबार
474Shares
मेरो ‘बा’ ले कहिले नदेखेको मजदुर दिवस
ncell

साँहुको भारी बोक्ने मेरा ‘बा’ ।। रिक्सा चलाउने मेरा ‘बा’ ।। खेती गर्थे मेरा ‘बा’

तर,
मेरा बालाई कहिले मजदुर दिवस आएन ।।।
Royal Enfield
nic asia capital

बिडम्बना, मज्दुर दिवस भनेको के हो ? भनेर थाहा नपाउँदै उनी यो संसारबाट बिदा भए ।

बिहानै उठेर खाटमा हेरे बाबालाई देखिन

मैले आमालाई सोधे, खोई त हाम्रा बा ?
अनि आमाले पनि मलिन स्वरमा जवाफ दिनु भयो
तेरा बा बिहानै खेतमा गै सक्नु भो । अनि भने आज पनि खेतमा
किन आज के हो र ?
आज मज्दुर दिवस रे क्या आमा
केहो यो मज्दुर दिवस भन्या फेरि ?
आज सरकारले मजदुरलाई देको छुट्टी के आमा ।

जुन सुकै दिवस होस हाम्रो बाली नाली नस्ट हुदा सरकार ले क्षती दिने होइन ।

नत आज बडि काम गरिस भनेर तलब नै दिन्छ ।सरकारसँग न लिनु न दिनु
अनि छुट्टी चि किन लिनु हाम्ले, हमिलाइ छुटी दिने र खटाउने त माथि छन
तिनकै दयामा समयमा पानी परे मात्रै अन्न फल्छ यहाँ
बाली नस्ट नगरे बर्ष भरी खान पाइन्छ ।

बाबै हामी किसान प्रकृति को इसारा मा चल्छौ सरकार को होइन ।

म बस मौन बसे र आमालाई हेरि रहे ।

दिउँसो बाहिर पख निस्के भुडे साउ को हलि खेत जोत्दै थियो ।

कमली घट्ट जाँदै थि । साइली सधै झै चोक मा मकै पोल्दै थि । घर बनाउने ज्यामी ब्यस्त थिए ।
गलैचा को एक थान लेर कारखाना को मज्दुर धुन जाँदैथे । ड्राइभर देखि लिएर रिक्सा चालक सम्म ब्यस्थ थिए ।
अनि बल्ल था पाए ।

यही रहेछ प्रजातान्त्र ,गणतन्त्र जसतै जहाँ मजदुर दिवस पनि वास्तविक मजदुरलाई होइन

नेताहरु आफै मिलेर मनाउँने रहेछन ।
साहुको भारी बोक्ने मेरा बा ।।। रिक्सा चलाउने मेरा बा ।। खेती गर्थे मेरा बा तर ।।।।
मेरा बा लाई कहिले मज्दुर दिवस आएन ।।। मज्दुर दिवस भनेको के हो ?

भनेर थाहा नपाउदै उनी यो सन्सारबाट बिदा भए ।

लेखक : सरु काली

यो समाचार शेयर गर्नुहोस्
474SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?