National life

नेक्सजेन म्यानेजमेन्टको योंग इनोभेटर्स मिट सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ वैशाख २०८१, आइतबार
936Shares
नेक्सजेन म्यानेजमेन्टको योंग इनोभेटर्स मिट सम्पन्न
ncell

काठमाडौं । नेक्सजेन म्यानेजमेन्टले हिजो काठमाण्डौंमा योंग इनोभेटर्स मिट कार्यक्रम सम्पन्न गरेको छ । नयाँ बानेश्वरको आनन्दभुमि बिजनेस सेन्टरमा शनिबार आयोजित कार्यक्रममा युवाहरूको ब्यापक सहभागिता रहेको थियो । स्टार्ट अप ब्यवसाय गरिरहेका र नयाँ गर्न चाहने युवाहरूलाई प्रोत्साहित गर्न नेक्सजेनले यो कार्यक्रम संचालन गरेको थियो ।

कर्यक्रममा सहभागिहरूको स्वागत नेक्सजेनका अध्यक्ष रमेश कुमार भट्टराईले गरेका थिए ।

Royal Enfield
nic asia capital
देशमा कामको प्रशस्त अवसर भएर पनि उचित जानकारीको अभावमा युवाहरू निराश भएर विदेश पलायन हुँदैछन् । सहयोगी संस्थाहरू र काम गर्न चाहने युवाहरू बिच सहजीकरण गर्न यस कार्यक्रमको आयोजना गरिएको जानकारी अध्यक्ष भट्टराईले दिए । यस्ता कार्यक्रम काठमाण्डौं लगायत देशका अन्य स्थानमा पनि निरन्तर गरिने बताए।

स्टार्ट अप इनोभेसन एण्ड इन्कयुवेसन सेन्टरका अध्यक्ष डा शम्भु पोखरेलले आर्थिक मन्दिको यस्तो प्रतिकुल अवस्थामा नेक्सजेन म्यानेजमेन्टले प्रशंशनिय कार्य गरेको बताउँदै स्टार्ट अप ब्यवसाय गर्न चाहनेलाई सेन्टरले सहयोग गर्ने विश्वास दिलाए ।

कार्यक्रममा विजय लघुवित्त वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत वसन्त लम्सालले लघु वित्तिय संस्थाको तर्फबाट स्टार्ट अप ब्यवशाय गर्न चाहनेलाई वित्तिय श्रोतको ब्यवस्था गर्न सकिने जानकारी दिए । प्रमुख अतिथिको आसनबाट कृषि विकास बैंक र नेपाल बैंकका पुर्व कार्यकारी प्रमुख देवेन्द्र प्रताप शाहले युवाहरू अघि नबढि देश नबन्ने बताउँदै युवाहरूले नयाँनयाँ कामको संभावना खोजि गरेर अघि बढ्नुपर्ने र नेक्सजेन म्यानेजमेन्ट जस्तो संस्थासँग सहकार्य गरि काम गर्दा सफल हुन सकिने विश्वास ब्यक्त गरेका थिए ।

योंग इनोभेटर्स मिट कार्यक्रमको अध्यक्षता ग्लोबल आइएमइ बैंकका प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्यले गरेका थिए भने कार्यक्रममा आफ्नो मन्तब्य ब्यक्त गर्दै उनले बैंकहरूले जनताको निक्षेप बाट लगानी गर्नुपर्ने बताए । त्यसैले संभावना भएको र कर्जा तिर्न सक्ने क्षमता भएको उध्योग ब्यवशायमा मात्र लगानी गर्न सकिने जानकारी गराए ।

स्टार्ट अप ब्यवसाय अधिकांश सफल हुँदैनन् भन्दै त्यसैले अध्ययन अनुसन्धान गरेर नयाँ प्रविधि र सोचका साथ टिम बनाएर काम गर्दा सफल हुने बज्राचार्यले विश्वास ब्यक्त गर्नुभयो । साथै नेक्सजेन म्यानेजमेन्ट जस्तो अनुभवि र दक्ष संस्थामार्फत आउँदा बैंकहरूलाई लगानी गर्न सहज हुने जानकारी पनि दिए। कार्यक्रमको अन्त्यमा नेक्सजेनका संचालक सुरेश सापकोटाले सहभागीहरूलाई धन्यवाद ब्यक्त गर्दै युवाहरूले जोखिम नलिई अगाडि बढ्न सक्दैनन् र त्यसकालागि संभावनाका नयाँ क्षेत्रको पहिचान गर्दै काम गर्ने साहस देखाउन आग्रह गरे

 

यो समाचार शेयर गर्नुहोस्
936SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?