काठमाडौँ । खानीखोला हाइड्रोपावर कम्पनीले निष्काशन गरेको हकप्रद शेयर आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीको शतप्रतिशतले हुन आउने ४६ लाख ५७ हजार १४३ कित्ता हकपैद शेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको हो ।
हकप्रद शेयर सूचीकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर धितोपत्रको दा्स्रो बजार मार्फत खरिद बिक्री गर्न सक्ने छन् ।
नेपाल धितोपत्र बोर्डले असार १० गते कम्पनीलाई एक बराबर एक अनुपातमा हकप्रद निष्काशनको अनुमति दिएको थियो ।
































