काठमाडौँ । साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्से १४.८३ अंकले घटेर २ हजार ३७.०९ विन्दुमा झरेको छ ।
आज दोहोरो अंकले नेप्से सूचक घट्दा ३ अर्ब ६० करोड ७१ लाख रुपैयाँ बराबरको ९१ लाख ७८ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ ।
आज नेपाल फाइनान्स लिमिटेडको सबैभन्दा बढी १२ करोड ८८ लाख ७४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने आइतबार जानकी फाइनान्स कम्पनीको ११ करोड ९८ लाख ५७ हजार रुपैयाँ बराबरको र युनाइटेड आईडीआई मर्दी आरबी हाइड्रोपावर लिमिटेडको १० करोड ३९ लाख ८२ हजार रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार भएको छ ।
आज फाइनान्स समूह र म्यानु एण्ड प्रो समूहको उपसूचक बाहेक बाँकी ११ वटा उपसूचक ऋणात्मक भएका छन् । यी दुई समूहको उपसूचक भने आइतबार क्रमशः ०.३४ प्रतिशत र ०.०३ प्रतिशतले मात्र बढेका छन् ।
कूल २४६ कम्पनीको सेयर दोस्रो बजारमा कारोबार हुँदा आइतबार जम्मा ४९ कम्पनीको मूल्य बढेको छ भने १९० कम्पनीको घटेको छ । ७ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।



































