National life

नेप्से सामान्य अंकले बढ्यो,होटल र बीमा समुहमा देखियो चमक

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|०९ मंसिर २०८२, मङ्गलबार
535Shares
नेप्से सामान्य अंकले बढ्यो,होटल र बीमा समुहमा देखियो चमक
ncell

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ५।३२ अंकले बढेर २६५५।९९ पुगेको हो ।

Royal Enfield
nic asia capital

आज ३ सय १९ कम्पनीको १ करोड १९ लाख ७६ हजार ७ सय ८० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ८२ करोड ३० लाख २८ हजार रुपैयाँको कारोबार भएको छ ।

मंगलबार १ सय २२ कम्पनीको सेयर मूल्य बढ्दा १ सय २५ कम्पनीको सेयर मूल्य घटेको छ भने १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

आज नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये चारवटा बाहेक अन्य सबै समूह बढ्यो । आज होटल बीमा समूह सर्वाधिक अर्थात १.४० प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह ०.१९ प्रतिशत, फाइनान्स ०.०२, हाईड्रो ०.१९, लगानी ०.२३, उत्पादन तथा प्रशोधन १।३०, लघुवित्त ०.०४, निर्जीवन बीमा ०.६५ र अन्य ०.४९ प्रतिशतले बढे ।

व्यापार समूह आज सर्वाधिक घट्यो । यो समूह आज १.३३ प्रतिशतले घट्यो । यस्तै विकास बैंक समूह ०.२४, जीवन बीमा ०.३० र म्युचुअल फण्ड ०.३४ प्रतिशतले घट्यो ।

त्यस्तै, आज बन्दीपुर केबलकार एण्ड टुरिजमको उच्च कारोबार भएको छ । कम्पनीको २६ करोड ९९ लाख ९७ हजार रुपैयाँको कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता सेयर मूल्य ७ सय ९२ रुपैयाँ रहेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
535SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?