National life
cg eloctronics

युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|१४ फागुन २०८२, बिहिबार
1KShares
युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन
ncell

काठमाडौँ । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड ले हकप्रद सेयर निष्कासनका लागि बुक क्लोज मिति नजिकिँदै जाँदा आज (फागुन १६ गते) सम्म कायम सेयरधनी बन्नेहरूलाई मात्र हकप्रद खरिदको अधिकार हुने जनाएको छ। कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि फागुन १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

त्यसअनुसार आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई नाम दर्ता कायम भएका सेयरधनीहरू मात्रै हकप्रद सेयरका लागि योग्य हुनेछन्। कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा १००ः१० अनुपात (१ः०.१०) मा हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको हो। यसअनुसार कम्पनीले प्रतिकित्ता रु. १०० अंकित दरका २३ लाख १० हजार कित्ता हकप्रद सेयर जारी गर्नेछ, जसको कुल आकार २३ करोड १० लाख रुपैयाँ बराबर हुनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड ले माघ २७ गते स्वीकृति प्रदान गरिसकेको छ। स्वीकृतिपछि कम्पनीले आवश्यक प्रक्रिया अगाडि बढाएको हो। यस निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेड लाई दिइएको छ। कम्पनीले हकप्रदमार्फत जुट्ने पूँजी व्यवसाय विस्तार तथा वित्तीय सुदृढीकरणमा उपयोग गर्ने जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?