National life

लगानी बोर्डमा १६ अर्ब रुपैयाँका आयोजना पाइपलाइनमा, चालु आर्थिक वर्षमा ७ खर्ब स्वीकृत गर्ने लक्ष्य

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|०८ मंसिर २०८२, सोमबार
451Shares
लगानी बोर्डमा १६ अर्ब रुपैयाँका आयोजना पाइपलाइनमा, चालु आर्थिक वर्षमा ७ खर्ब स्वीकृत गर्ने लक्ष्य
ncell

काठमाडौं । लगानी बोर्डमा १६ खर्ब रुपैयाँ बराबरका आयोजनता पाइपलाइनमा रहेका छन्।

बोर्डमा जलविद्युत्सूसहित सूचना प्रविधि पार्क, हाइड्रोजन ऊर्जा र कृषि–सोलार लगायतका परियोजना रहेका हुन्।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जेनजी आन्दोलनपछि विदेशी लगानीकर्ताको विश्वास जित्न र लगानीको वातावरणलाई पुनः लयमा फर्काउन प्रयास गरिरहेको बताएका छन्।

गत आर्थिक वर्षमा बोर्डले २५६ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ।

Royal Enfield
nic asia capital
ज्ञवालीले चालु आर्थिक वर्षका लागि ७ खर्ब स्वीकृत महत्वाकांक्षी लक्ष्य राखिएको उल्लेख गरे ।

नेपाल आर्थिक पत्रकार संघसंगको भेटमा सीइओ ज्ञवालीले भदौ २३ र २४ को जेनजी आन्दोलनका कारण अन्तर्राष्ट्रिय स्तरमा सिर्जना भएको नकारात्मक छविलाई सुधार गर्ने प्रयास भइरहेको उल्लेख गरे ।


सीइओ ज्ञवालीले पछिल्ला घटनाक्रमले लगानीकर्ताहरूको आत्मबल घटेकोले विश्वास जगाउनु पर्ने अवस्था रहेको बताए ।


‘संकटका बीच पनि बोर्डले एक दिन पनि आफ्नो सेवा प्रवाह नरोकि कामलाई निरन्तरता दियो, जसले लगानीकर्तामाझ सकारात्मक सन्देश प्रवाह भएको छ। हामीले ‘हामी उठ्नैपर्छ’ भन्ने संकल्पका साथ सबै सरोकारवालालाई एकै ठाउँमा ल्याएर विश्वासको वातावरण बनाउने प्रयास गरेका छौ,’ उनले भने ।


अहिलेसम्म बोर्डले जलविद्युत्, सिमेन्ट, पर्यटन, पूर्वाधार र सूचना प्रविधिजस्ता क्षेत्रमा खर्बौंको लगानी स्वीकृत गरिसकेको छ ।

उनका अनुसार विगतमा सरकारले आयोजना तय गरेर लगानीकर्ता खोज्ने परम्परालाई तोड्दै अहिले लगानीकर्तालाई नै नवीन सोच र प्रस्ताव लिएर आउन प्रोत्साहित बोर्डले गरिएको छ।


‘हामीले लगानीकर्तालाई सोध्ने गरेका छौं तपाईंहरू के चाहनुहुन्छ ? यसले गर्दा बजारको माग र लगानीकर्ताको विशेषज्ञताअनुसारका परियोजनाहरू आउन थालेका छन्,’ उनले भने विदेशी लगानीकर्ताको सबैभन्दा ठूलो चिन्ताको विषय राजनीतिक अस्थिरता र नीतिगत परिवर्तन बुझाइ छ । यसलाई सम्बोधन गर्न बोर्डले कानुनमा परिवर्तन गरी लगानीकर्ताको लगानी सुरक्षित हुने प्रत्याभूति दिने प्रयास गरिरहेको छौं।’

यो समाचार शेयर गर्नुहोस्
451SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?