काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७.६४ अंकले घटेर २५९५.२४ मा पुगेको हो ।
आज ३ सय २२ कम्पनीको १ करोड ३ लाख ४३ हजार ८९८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १५ करोड ७ लाख ६८ हजार ९ सय ३८.९८ रुपैयाँको कारोबार भएको छ ।
आज ३३ कम्पनीको सेयर मूल्य बढ्दा २ सय १३ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
नेप्सेमाआज १३ उपसमूहमा १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक २.२१ प्रतिशत , जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा र अन्य र विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको नेप्सेले जनाएको छ ।
आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड र राधी विद्युत कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ ।
आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको २७ करोड ९८ हजार रुपैयाँ बराबरकोे कारोबार भएको छ भने कम्पनीको सेयर प्रतिकित्ता न्युनतम मूल्य २ हजार १२९.१० रुपैयाँ रहेको छ ।
त्यस्तैगरी, राधी विद्युतको २२ करोड ४६ लाख ६५ हजार ९६२ रुपैयाँको कारोबार भएको छ भने कम्पनीको सेयर प्रतिकित्ता न्यूनतम मूल्य ७७० रुपैयाँ रहेको नेप्सेले जनाएको छ ।


































