National life
cg eloctronics

 सप्तकोशी सिमेन्टले आईपीओ जारी गर्ने , बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|११ मंसिर २०८२, बिहिबार
502Shares
 सप्तकोशी सिमेन्टले आईपीओ जारी गर्ने , बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल
ncell

सप्तकोशी सिमेन्टको उत्पादक कम्पनी सप्तकोशी सिमेन्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने तयारी गरेको छ । यसका लागी कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकको रुपमा नियुक्त गरेको छ ।

सम्झौतापत्रमा सप्तकोशी सिमेन्ट लि. का तर्फबाट अध्यक्ष मोना जान तथा सिद्धार्थ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरेका छन् । कम्पनीले रु. १०० दरका जारी पुँजीको २० प्रतिशत शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सप्तकोशी सिमेन्ट ६०० टन दैनिक क्षमता भएको सिमेन्ट उत्पादक कम्पनी हो। कम्पनीले नेपाल गुणस्तरका मापदण्डअनुसार पिपिसी तथा ४३ / ५३ ग्रेडका ओपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ ।

एच. आर. गोयल समूहद्वारा प्रवर्द्धित यस कम्पनीले २०१८ देखि व्यावसायिक उत्पादन सुरु गरेको र निरन्तर नाफामा संचालन रहँदै पूर्वी नेपालमा करिब २०% बजार हिस्सा ओगट्न सफल भएको छ । कम्पनीले प्रस्तावित आईपीओबाट जुट्ने पूँजी नयाँ क्लिङ्कर प्लान्ट स्थापनाका साथै हालको प्लान्ट क्षमतावृद्धिमा लगानी गर्ने जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
502SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?