काठमाडौँ । सर्वोत्तम सिमेन्टको आइपीओ भोलि अर्थात् फागुन २५ गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आइपीओ शुक्रबार बिहान १० बजे बाँडफाँट हुनेछ ।
कम्पनीको आइपीओमा १० लाख १५ हजार २११ जनाले आवेदन दिएकोमा ९ लाख ५९ हजार ६९० जनाको हात खालि हुने भएको हो ।
कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्ता सहित कुल २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।
माग भन्दा १९.३७ गुणा बढी आवेदन परेको हुँदा आइपीओ गोलाप्रथाबाट बाँडफाँट हुने छ । जसमा ५५ हजार ५२१ जनाले ५०र५० कित्ताका दरले आइपीओ हात पार्ने छन् । सो मध्यका २ जनाले भने थप १र१ कित्ता गरी ५१ कित्ता सेयर पाउनेछन् । आवेदन दिएका ९५ प्रतिशतलेको हात रित्तो हुने देखिएको हो ।
कम्पनीले बुक विडिल्ङको माध्यमबाट सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो । आईपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिएका हुन् । कम्पनीको आइपीओमा न्यूनतम ५० कित्ता र अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन माग गरीएको थियो ।
शेयर निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्रदान गरेको छ। यसले समयमा नै सुरक्षित रुपले वित्तयि दायित्व बहन गर्न मध्यम स्तरको क्षमता रहेको कम्पनी हो भन्ने बुझिन्छ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ।
































