National life
cg eloctronics

साताको पहिलो कारोबार दिन १२.५० अंकले घट्यो सेयर बजार, २६ सयको विन्दुबाट तल झर्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२८ मंसिर २०८२, आइतबार
795Shares
साताको पहिलो कारोबार दिन १२.५० अंकले घट्यो सेयर बजार, २६ सयको विन्दुबाट तल झर्यो
ncell

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । पछिल्ला दुई कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो । आइतबार नेप्से १२.५० अंकले घटेर २ हजार ५९४.८७ विन्दुमा कायम रहेको हो । लामो समयसम्म २६ सय विन्दु माथि रहेको नेप्से आइतबार भने सो विन्दुबाट तल झरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज कुल ३३० कम्पनीका सेयर कारोबार भएका छन् । यीमध्ये ५६ कम्पनीको सेयरमूल्य बढेका छन् भने १९७ कम्पनीको सेयरमूल्य भने घटेको छ । बाँकी ६ कम्पनीका सेयरमूल्य स्थिर रहेको छ । आज कुल १ करोड १२ लाख ७२ हजार १६८ कित्ता सेयर ४ अर्ब ७४ करोड ५५ हजार रुपैयाँमा किनबेच भएको छ ।

यस दिन २ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन स्वस्तिक लघुवित्त वित्तीय संस्था र एसवाई प्यानलको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

यस्तै, यस दिन एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ ।

कारोबार रकमका आधारमा यस दिन कुमारी बैंकको संस्थापक सेयर शीर्ष स्थानमा रहेको छ । सो बैंकको यस दिन २६ करोड १८ लाख रुपैयाँबराबरको संस्थापक सेयर किनबेच भएको हो ।

त्यस्तै, यस दिन ङादी ग्रुप पावरको करिब १९ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको छ भने शिवम सिमेन्ट्सको करिब ८ करोड रुपैयाँबराबरकोेयर सेयर खरिदबिक्री भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
795SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?