National life

सोलु हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै, कतिको हुदैछ हात खाली ?

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|१२ माघ २०८२, सोमबार
884Shares
सोलु हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै, कतिको हुदैछ हात खाली ?
ncell

काठमाडौँ। सोलु हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आईपीओ) आज बाँडफाँड हुने भएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका अनुसार आज मध्यान्ह साढे ३ बजे आईपीओ बाँडफाँड कार्यक्रम तय गरिएको छ।

कम्पनीले सर्वसाधारणका लागि पुस २९ गतेदेखि माघ ४ गतेसम्म कुल ८२ करोड रुपैयाँ बराबरको ८२ लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो। आईपीओमा लगानीकर्ताहरूको उल्लेखनीय सहभागिता देखिएको छ।

Royal Enfield
nic asia capital

नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार उक्त आईपीओमा कुल २५ लाख ७० हजार ४२२ जना आवेदकबाट आवेदन प्राप्त भएको छ। बाँडफाँड प्रक्रियाअनुसार ८ लाख २० हजार आवेदकलाई १० कित्ताका दरले सेयर पर्नेछ। बाँकी १७ लाख ५० हजारभन्दा बढी आवेदक भने सेयर नपाई हातखाली हुनेछन्।

आईपीओ बाँडफाँडपछि लगानीकर्ताहरूले आफूले सेयर पाएको वा नपाएको विवरण बिक्री प्रबन्धकको वेबसाइट, सीडीएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ प्रणाली तथा सम्बन्धित बैंक तथा वित्तीय संस्थामार्फत जानकारी लिन सक्नेछन्।

सोलु हाइड्रोपावरले उठाएको पुँजी आयोजना निर्माण, ऋण भुक्तानी तथा वित्तीय संरचना सुदृढीकरणमा प्रयोग गर्ने जनाएको छ। कम्पनीले आईपीओ बाँडफाँड सम्पन्न भएपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भई दोस्रो बजारमा कारोबार सुरु गर्ने तयारी गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
884SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?