काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सोलु हाईड्रोपावर लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको छ ।
कम्पनीलाई बोर्डले आईपीओ जारी गर्नका लागि कात्तिक २४ गते अनुमति दिएको हो । सेबोनबाट अनुमति पाएसँगै अब कम्पनीले प्रतिकित्ता रु १०० अंकित दरका २ करोड कित्ता आईपीओ जारी गर्नेछ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ र हिमालयन क्यापिटल रहेका छन् ।
































