काठमाडौँ । सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदिश खरेलले पाँच महिनाभित्र देशका प्रमुख १० शहरका सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरेका छन्।
आजै मन्त्रालयको पदभार ग्रहण गरेका मन्त्री खरेलले आफ्नो पहिलो निर्णयमा यस योजनालाई प्राथमिकता दिएका हुन्।
पदभार ग्रहणका क्रममा मन्त्री खरेलले कर्मचारीले तयार पारेको प्रस्तावमा केही थप विवरण समावेश गर्न निर्देशन दिएका थिए।
निर्णयअनुसार, काठमाडौंसहित देशका अन्य प्रमुख १० शहरका सार्वजनिक स्थलहरूमा छिट्टै निःशुल्क इन्टरनेट सेवा सुरु गरिनेछ।

































