National life

हुम्लामा नेपाल टेलिकमको फोरजी सेवा सुरु

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० भदौ २०८२, सोमबार
1.2kShares
हुम्लामा नेपाल टेलिकमको फोरजी सेवा सुरु
ncell

काठमाडौँ । नेपाल टेलिकमले कर्णाली प्रदेशको हुम्ला जिल्लामा फोरजी सेवा विस्तार गरेको छ। कम्पनीले भदौ २५ गते सर्केगाड गाउँपालिका–१ मा टुजी तथा फोरजी सेवा सञ्चालनमा ल्याएको हो। सेवाबाट सर्केगाड गाउँपालिका वडा नं. १, २, ४, ५ र ६ का जीलागाउँ, माझगाउँ, घितागाउँ, नाउलि र लुमका बासिन्दाहरू लाभान्वित भएका छन्।

Royal Enfield
nic asia capital

त्यसैगरी, भदौ २७ गतेबाट हुम्लाको चंखेली गाउँपालिका–६ मा पनि टुजी र फोरजी सेवा सुरु भएको छ। चंखेली गाउँपालिका वडा नं. ४, ५ र ६ का बरैहीगाउँ, सरु गाउँपालिका, देउली, निमिगाउँ र अन्य भूभागका सेवाग्राहीहरू गुणस्तरीय फोरजी सेवाबाट लाभान्वित हुनेछन्।

नेपाल टेलिकमले सदैव दूरदराजका क्षेत्रहरूमा दूरसञ्चार सेवा पुर्याउनलाई उच्च प्राथमिकतामा राख्दै आएको जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?