National life

अदालतको क्षतिग्रस्त भवनको विकल्पमा प्राधिकरणको एनेक्स भवन प्रयोग हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|०२ कात्तिक २०८२, आइतबार
1.2kShares
अदालतको क्षतिग्रस्त भवनको विकल्पमा प्राधिकरणको एनेक्स भवन प्रयोग हुने
ncell

काठमाडौं । बबरमहलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको एनेक्स (ब्लक–बी) भवन अब काठमाडौं जिल्ला अदालतले प्रयोग गर्न पाउने भएको छ। गत भदौमा अदालतको भवनमा क्षति पुगेपछि सेवा सञ्चालनमा समस्या देखिएपछि प्राधिकरणले आफ्नो भवन तात्कालिक रूपमा अदालतलाई उपलब्ध गराउने निर्णय गरेको हो।

प्राधिकरणका महाप्रबन्धक प्रदीप अधिकारीका अनुसार प्राधिकरणको सञ्चालक समितिको असोज ३० गते बसेको बैठकले अदालतसँग आवश्यक करार गरी उक्त भवन प्रयोग गर्न दिने निर्णय गरेको हो। उक्त निर्णयमा समितिका अध्यक्ष एवं प्रधानमन्त्री सुशीला कार्कीले आइतबार हस्ताक्षर गरेकी छन्।

Royal Enfield
nic asia capital
यससँगै अब अदालत र प्राधिकरणबीच वार्ता तथा औपचारिक सम्झौताको प्रक्रिया अघि बढ्ने भएको छ।

निर्णयमा भनिएको छ,“२०८२ भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा काठमाडौं जिल्ला अदालतको भवनमा क्षति पुगेर नियमित सेवा सञ्चालनमा कठिनाइ भएकोले, सम्मानित सर्वोच्च अदालत तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अनुरोधअनुसार अर्को व्यवस्था नभएसम्मका लागि बबरमहलस्थित प्राधिकरणको मूल भवनको पूर्वतर्फ रहेको ब्लक–बी भवन अदालतलाई प्रयोगका लागि उपलब्ध गराइनेछ।”

अदालत र प्राधिकरण दुवै बबरमहलमै अवस्थित छन्। हाल काठमाडौं जिल्ला अदालतको भवन र नजिकै रहेको प्राधिकरणको मुख्य भवन दुवै आगलागीका कारण क्षतिग्रस्त भएका छन्। यस्तो अवस्थामा,अदालतको न्यायिक सेवा सुचारु राख्न प्राधिकरणले आफ्नै कार्यक्षेत्रको एक भाग अदालतलाई प्रयोगका लागि उपलब्ध गराउने निर्णय गरेको हो।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?