National life
cg eloctronics

‘अध्यादेशबाट बजेट ल्याउनुपर्यो भने त्यसको जिम्मेवारी कांग्रेसले लिनुपर्छ ’

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ जेठ २०८१, शुक्रबार
448Shares
‘अध्यादेशबाट बजेट ल्याउनुपर्यो भने त्यसको जिम्मेवारी कांग्रेसले लिनुपर्छ ’
ncell

काठमाडौं, ११ जेठ । नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले अध्यादेशबाट बजेट ल्याउनुपर्यो भने त्यसको जिम्मेवारी नेपाली कांग्रेसले लिनुपर्ने बताएका छन् । आज ९शुक्रबार० संसद् भवन परिसर नयाँ बानेश्वरका सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले अवरोध कायमै रहेको खण्डमा संविधानले दिएको अधिकार प्रयोग गरेर बजेट आउने बताए । उनले त्यसको जिम्मेवारी भने कांग्रेसले लिनुपर्ने बताए ।

‘१५ गतेभन्दा पछाडि १६ गते चाहेर पनि सरकारले बजेट ल्याउने अवस्था बन्दैन । १५ गते नै ल्याउनुपर्छ, त्यो संवैधानिक बाध्यता हो । नेपाली कांग्रेसले यस प्रकारको संवैधानिक बाध्यता बुझिदिनुपर्छ । संवैधानिक बाध्यता बुझेर हाउसलाई सहज गरेन भने सरकारले बजेट त ल्याउनुपर्छ । सरकारले संविधानले दिएको बाटो प्रयोग गरेर बजेट ल्याउनुपर्ने अवस्था निर्माण हुन्छ । त्यसो भयो भने यसको सम्पूर्ण जिम्मेवारी नेपाली कांग्रेसले लिनुपर्छ,’– उनले भने ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
448SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?