काठमाडौं। प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले काम असन्तोषजनक रहेको भन्दै १४ वटा निर्माण कम्पनीलाई ७ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। कालोसूचीमा राख्ने सिफारिस भइसकेका ती कम्पनीलाई अन्तिम मौका स्वरूप पुनः स्पष्टीकरण सोधिएको कार्यालयले जनाएको छ।
यसअघि कार्यालयले ३० दिने समयसीमा दिएर स्पष्टीकरण मागेको थियो। तर सो अवधिभित्र कुनै प्रतिक्रिया नआएपछि दोस्रोपटक स्पष्टीकरण मागिएको हो।
स्पष्टीकरण मागिएका कम्पनीहरू
-
लबकुश कन्स्ट्रक्सन प्रालि (नुवाकोट) – मुख्य व्यक्ति: विक्रम घले
मनकामना कन्स्ट्रक्सन प्रालि (नुवाकोट) – मुख्य व्यक्ति: नारिन घले
दीपश्री इन्जिनियरिङ प्रालि (काठमाडौं) – मुकुन्द अधिकारीसहित
न्यू कामनारयु Universal JV (नुवाकोट) – मुख्य व्यक्ति: विजय गुरुङ
चन्द्रसूर्य निर्माण सेवा प्रालि (काठमाडौं) – मुख्य व्यक्ति: सुमन न्यौपाने
आर्कटिक कन्स्ट्रक्सन (कपिलवस्तु) – मुख्य व्यक्ति: फिरोज मोहम्मद मनिहार
पम्फा निर्माण सेवा (बारा) – मुख्य व्यक्ति: प्रेमबहादुर सापकोटा
एमरएस च्याङ्ग्रासी निर्माण सेवा (काठमाडौं) – मुख्य व्यक्ति: तिलकबहादुर थापा मगर
एमरएस पूजा कन्स्ट्रक्सन (धादिङ) – फुलचन श्रेष्ठसहित
एमरएस डीपी कँडेल निर्माण सेवा (काठमाडौं) – मुख्य व्यक्ति: ध्रुवप्रसाद सापकोटा
पवित्रा मल्टिपल कन्स्ट्रक्सन प्रालि (काठमाडौं) – मुख्य व्यक्ति: उमेश लामा
एमरएस चिता एण्ड सल्लेरी एसोसिएट्स प्रालि (चितवन) – मुख्य व्यक्ति: पुजन रावत
पीएनडी शेर्पा कन्स्ट्रक्सन (काठमाडौं) – मुख्य व्यक्ति: आङ ओम्बु शेर्पा
क्वालिटी सोलुसन कम्पनी प्रालि (ललितपुर) – मुख्य व्यक्ति: मनोज कुमार यादव
कार्यालयका अनुसार तोकिएको ७ दिनभित्र स्पष्टीकरण नआएमा माथि उल्लेखित कम्पनीहरुलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइने जनाएको छ ।


































