National life

अन्ततः फुट्यो कांग्रेस , महामन्त्रीद्वय थापा र शर्मालाई पाँच वर्षका लागि निष्कासन गर्ने निर्णय 

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|३० पुस २०८२, बुधबार
929Shares
अन्ततः फुट्यो कांग्रेस , महामन्त्रीद्वय थापा र शर्मालाई पाँच वर्षका लागि निष्कासन गर्ने निर्णय 
ncell

काठमाडौं। नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष चरमोत्कर्षमा पुगेको छ। पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा लाई पार्टी संस्थापन समूहले कडा कारबाही गर्दै पाँच वर्षका लागि निष्कासन गर्ने निर्णय गरेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठक ले महामन्त्रीद्वय थापा–शर्मासहित सहमहामन्त्री फरमुल्ला मन्सुर लगायत नेताहरूलाई पाँच वर्षका लागि पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको जनाएको छ ।

बैठकले पार्टी निर्णयविपरीत गतिविधिमा संलग्न नेताहरूलाई आ–आफ्नो भूमिकामा फर्किन समेत निर्देशन दिएको छ।

Royal Enfield
nic asia capital
पार्टी निर्णयलाई चुनौती दिँदै विशेष महाधिवेशन आह्वान गरिएको आरोपमा उनीहरूमाथि कारबाही गरिएको संस्थापन पक्षको भनाइ छ। कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनलाई बेवास्ता गरिएको भन्दै महामन्त्रीद्वयले विशेष महाधिवेशनको आह्वान गरेका थिए।

यद्यपि, थापा र शर्मा सहभागी रहेको केन्द्रीय समितिको बैठकले पार्टीको नियमित महाधिवेशन पुसमा सम्भव नभएपछि वैशाखमा गर्ने सहमति गरिसकेको थियो। उक्त निर्णयमा महामन्त्रीद्वयले औपचारिक रूपमा फरक मत राखेका थिए, जसलाई संस्थापन समूहले पार्टी अनुशासनविपरीतको कदम ठहर गरेको छ।

 

यो समाचार शेयर गर्नुहोस्
929SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?