National life

“अन्तर्राष्ट्रिय कार्डमार्फत राजस्व भुक्तानी: अब नेपाल आउने पर्यटकलाई सजिलो”

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ असोज २०८२, बिहिबार
493Shares
“अन्तर्राष्ट्रिय कार्डमार्फत राजस्व भुक्तानी: अब नेपाल आउने पर्यटकलाई सजिलो”
ncell

काठमाडौं । नेपालको राजस्व व्यवस्थापन सूचना प्रणालीमा अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीको एकीकृत सेवा औपचारिक रूपमा सुरु गरिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार उक्त प्रणालीको शुभारम्भ अर्थमन्त्री रामेश्वर खनाल र एकनारायण अर्यालले संयुक्त रूपमा गरेका हुन्।

यससँगै विदेशमा रहेका सेवाग्राही तथा नेपाल भित्रिने पर्यटकका लागि राजस्व भुक्तानी प्रक्रिया पूर्ण रूपमा डिजिटल हुने भएको छ। नयाँ प्रणालीमार्फत राजस्व भुक्तानी चौबीसै घण्टा, सातै दिन सहज रूपमा गर्न सकिने भएकाले राजस्व संकलन द्रुत, पारदर्शी र सेवाग्राहीमैत्री हुने विश्वास लिइएको छ।

Royal Enfield
nic asia capital

महालेखा नियन्त्रक कार्यालयले यस सेवाले नेपालमा डिजिटल अर्थतन्त्रको प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरेको छ।

इन्टरनेशनल कार्डमार्फत सेवा

नयाँ भुक्तानी प्रणाली अन्तर्गत मास्टरकार्ड, भिसा कार्ड, अलिपे लगायतका अन्तर्राष्ट्रिय कार्ड नेटवर्कमा आबद्ध कार्ड प्रयोग गरी राजस्व भुक्तानी गर्न सकिनेछ। प्रारम्भिक चरणमा अध्यागमन विभागले तोकेका सेवाहरु यस प्रणालीमा समेटिएका छन्।

यसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत प्रवेश बिन्दु हुँदै नेपाल आउने पर्यटकलाई अध्यागमनसम्बन्धी शुल्क भुक्तानी गर्न सजिलो हुनेछ। हाल अध्यागमन विभागका राजस्व भुक्तानी सेवामार्फत सुरु भएको यो प्रणालीलाई आगामी दिनमा अन्य सरकारी निकायमा पनि क्रमशः विस्तार गर्ने योजना रहेको बताइएको छ।

यो समाचार शेयर गर्नुहोस्
493SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?