National life
cg eloctronics

अब जीपीएसबिनै सम्भव हुनेछ नेभिगेसन, वैज्ञानिकहरूले गरे ‘फोनोन लेजर’ विकास

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|१८ चैत २०८२, बुधबार
1KShares
अब जीपीएसबिनै सम्भव हुनेछ नेभिगेसन, वैज्ञानिकहरूले गरे ‘फोनोन लेजर’ विकास
ncell

काठमाडौं। वैज्ञानिकहरूले ध्वनिको कम्पन प्रयोग गरेर सञ्चालन हुने अत्यन्तै सटिक ‘फोनोन लेजर’ विकास गर्दै प्रविधिको क्षेत्रमा नयाँ उपलब्धि हासिल गरेका छन्।

युनिभर्सिटी अफ रोचेस्टर र रोचेस्टर इन्स्टिच्युट अफ टेक्नोलोजीका अनुसन्धानकर्ताहरूले तयार पारेको यो प्रविधिले क्वान्टम भौतिकशास्त्र, गुरुत्वाकर्षण अध्ययन तथा भविष्यमा विकसित हुने ‘क्वान्टम कम्पास’ जस्ता क्षेत्रमा ठूलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

नेचर कम्युनिकेसनमा प्रकाशित अध्ययनअनुसार, प्रोफेसर निक भामिभाकास नेतृत्वको टोलीले ‘फोनोन’ अर्थात् ध्वनिका सूक्ष्म कणहरूलाई लेजरझैँ नियन्त्रित गर्न सफल भएको हो।

सामान्यतया १९६० को दशकमा विकास भएको लेजर प्रविधिले ‘फोटोन’ अर्थात् प्रकाशका कणहरू नियन्त्रण गर्छ। तर नयाँ प्रणालीले भने पदार्थभित्र हुने कम्पन वा मेकानिकल गतिलाई नियन्त्रण गर्न सक्ने विशेषता राख्छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसअघि यस्ता उपकरणहरूमा ‘थर्मल नोइज’ का कारण सटीक मापन गर्न कठिन हुने समस्या थियो। तर अनुसन्धानकर्ताहरूले प्रकाशकै सहायताले ती कम्पनलाई नियन्त्रणमा ल्याई नोइज उल्लेख्य रूपमा घटाउन सफल भएका छन्।

यो उपलब्धिसँगै गुरुत्वाकर्षण र प्रवेग जस्ता तत्वहरूलाई अहिलेसम्मकै उच्च सटीकताका साथ मापन गर्न सकिने भएको छ। साथै, यसको प्रयोग स्याटेलाइटमा निर्भर नहुने उन्नत नेभिगेसन प्रणाली विकासमा हुने विश्वास गरिएको छ, जसलाई बाह्य हस्तक्षेपबाट जोगाउन पनि सजिलो हुनेछ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?