National life
cg eloctronics

अब संसद बैठक सिंहदरबारभित्रकै नयाँ भवनमा बस्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ असोज २०८२, बुधबार
497Shares
अब संसद बैठक सिंहदरबारभित्रकै नयाँ भवनमा बस्ने
ncell

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा भएको तोडफोड र आगजनीका कारण बानेश्वस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अब संघीय संसदको बैठक नहुने भएको छ।

बुधबार क्षतिको अवलोकनका लागि पुगेका अन्तरिम सरकारका मन्त्रीहरूले सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद भवनमा आगामी पुससम्म काम सम्पन्न हुने र त्यहीँबाट संसद बैठक बस्ने जानकारी दिए।

भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको बीआईसीसी सम्मेलन केन्द्रमा संघीय संसदका दुवै सदनको बैठक हुँदै आएको थियो। अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री रामेश्वर खनाल र ऊर्जा, भौतिक तथा शहरी विकासमन्त्री कुलमान घिसिङले नयाँ भवनको निर्माण कार्य समयमै पूरा हुने बताए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मन्त्री घिसिङले आगामी निर्वाचनपछि सिंहदरबारभित्र नयाँ संसद भवनबाट बैठक चल्ने पुष्टि गरे। उनले आगजनीबाट ध्वस्त बीआईसीसी भवनलाई पुनर्निर्माण गरी पुरानै स्वरूपमा फर्काइने र तत्काल सरसफाइ तथा डिजाइन प्रक्रियामा अघि बढाइने जानकारी दिए।

घिसिङसँगै अर्थमन्त्री खनाल, गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले पनि क्षतिको निरीक्षण गरेका थिए।

प्रतिनिधि सभा विघटन भई फागुन २१ गते निर्वाचन तोकिएको छ। जेनजी युवाहरूको मागपछि प्रधानमन्त्री नियुक्त भएलगत्तै सुशीला कार्कीले गरेको विघटनको सिफारिश राष्ट्रपतिले सदर गरेका थिए।

यसैबीच, राष्ट्रिय सभाको अधिवेशनका लागि सिंहदरबारस्थित कृषि तथा प्राकृतिक स्रोत समितिले प्रयोग गर्दै आएको हलको तयारी भइरहेको छ। राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल र प्रधानमन्त्री कार्कीबीच तिहारपछि अधिवेशन बोलाउने विषयमा छलफल भएको सचिवालय स्रोतले जानकारी दिएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
497SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?