National life

अमेरिकी पासपोर्ट कमजोर बन्दा सिंगापुर अगाडि, नेपाल फेरि १०१औँ स्थानमा यथावत्

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२९ असोज २०८२, बुधबार
1.1kShares
अमेरिकी पासपोर्ट कमजोर बन्दा सिंगापुर अगाडि, नेपाल फेरि १०१औँ स्थानमा यथावत्
ncell

काठमाडौँ । विश्वकै सबैभन्दा शक्तिशाली पासपोर्टमध्ये गनिएको अमेरिकी पासपोर्ट अब शीर्ष १० बाट बाहिरिएको छ। हेनले एण्ड पार्टनर्सले प्रकाशित गरेको हेनले पासपोर्ट इन्डेक्स २०२५ अनुसार सन् २००५ यता पहिलो पटक अमेरिकी पासपोर्ट १२औं स्थानमा झरेको हो।

अमेरिकी पासपोर्ट अहिले मलेसियासँग बराबरी गर्दै १२औं स्थानमा छ। अमेरिकी नागरिकहरू विश्वका २२७ मध्ये १८० देशमा मात्र भिसा-फ्री प्रवेश गर्न सक्छन्।

Royal Enfield
nic asia capital

सिंगापुर फेरि शीर्ष स्थानमा

सिंगापुरले पुनः विश्वकै सबैभन्दा शक्तिशाली पासपोर्टको उपाधि कायम राखेको छ। सिंगापुरका नागरिकहरूले १९३ देशमा भिसा बिना यात्रा गर्न सक्छन्। दोस्रो स्थानमा दक्षिण कोरिया (१९० देश) र तेस्रो स्थानमा जापान (१८९ देश) रहेका छन्।

नेपालको पासपोर्ट १०१औं स्थानमै

नेपालको पासपोर्ट अघिल्लो त्रैमासिकझैं १०१औं स्थानमा नै यथावत छ। नेपाली नागरिकहरूले ३६ देशमा मात्र अन-अराइभल भिसा पाउँछन्। त्यस्तै, भारतले उल्लेख्य सुधार गर्दै अघिल्लो वर्षको तुलनामा आठ स्थान माथि उक्लिँदै ७७औं स्थानमा पुगेको छ। भारतीय नागरिकहरूले ५९ देशमा अन-अराइभल भिसा सुविधा पाउँछन्।

नेपालपछि सोमालिया, पाकिस्तान, यमन, इराक, सिरिया र अफगानिस्तानजस्ता देशहरू सूचिको तल्लो तहमा रहेका छन्।

किन कमजोर भयो अमेरिकी पासपोर्ट ?

अमेरिकी पासपोर्टको प्रभाव घट्नुको प्रमुख कारण विभिन्न देशहरूले कडाइका साथ भिसा नीति परिवर्तन गर्नु हो।

ब्राजिलले गत अप्रिलमा अमेरिकी नागरिकका लागि भिसा–फ्री नीति अन्त्य गरेको थियो। चीनले पनि आफ्नो नयाँ भिसा–फ्री कार्यक्रममा अमेरिकालाई समावेश गरेको छैन।

त्यसैगरी, पपुवा न्यु गिनी, म्यानमार, भारत, सोमालिया र भियतनामका नयाँ भिसा नियमहरूले पनि अमेरिकी पासपोर्टको आकर्षण घटाएका छन्।

बेलायती र चिनियाँ पासपोर्टको स्थिति

एक समय सन् २०१५ मा पहिलो स्थानमा रहेको बेलायती पासपोर्ट अहिले घट्दै आठौँ स्थानमा पुगेको छ।

त्यसैबीच, चिनियाँ पासपोर्टले उल्लेख्य सुधार गर्दै सन् २०१५ को ९४औं स्थानबाट ६४औं स्थानमा उक्लिएको छ।

चीनका नागरिकहरू अहिले ७६ देशमा भिसा–फ्री प्रवेश गर्न सक्छन्! जुन अमेरिका भन्दा ३० देश बढी हो।

चीनले हालै रूस, खाडी मुलुक, दक्षिण अमेरिका र युरोपका थुप्रै देशहरूसँग भिसा–फ्री सम्झौता गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?