National life

आगजनी, तोडफोड र चोरीः जेनजी आन्दोलनमा ७८ करोड नगदसहित अर्बौँको नोक्सानी

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|२७ पुस २०८२, आइतबार
771Shares
आगजनी, तोडफोड र चोरीः जेनजी आन्दोलनमा ७८ करोड नगदसहित अर्बौँको नोक्सानी
ncell

काठमाडौं । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा साढे २३ करोड रुपैयाँभन्दा बढी नगद जलेर नष्ट भएको खुलासा भएको छ। आन्दोलनका क्रममा कुल साढे ७८ करोड रुपैयाँ बराबरको नगद क्षति भएकोमा जलेर नष्ट भएको रकम २३ करोड ६९ लाख रुपैयाँ पुगेको हो।

जेनजी आन्दोलनपछि गठन गरिएको अन्तरिम सरकारले बनाएको क्षति मूल्यांकन तथा सार्वजनिक संरचना पुनर्निर्माण योजना तयारी समितिको प्रतिवेदन २०८२ अनुसार आन्दोलनका कारण नगद तथा बहुमूल्य वस्तु र सम्पत्तिमा पुगेको कुल क्षति २ अर्ब ८१ करोड ३४ लाख रुपैयाँ बराबर रहेको छ।

प्रतिवेदनअनुसार नगद क्षतिको सबैभन्दा ठूलो कारण चोरी हो।

Royal Enfield
nic asia capital
चोरीका घटनाबाट मात्रै ३२ करोड ८१ लाख रुपैयाँ बराबरको नगद क्षति पुगेको छ। यस्तै, तोडफोडका कारण नगदमा २२ करोड रुपैयाँ बराबरको क्षति भएको उल्लेख छ। कुल क्षति रकमलाई प्रतिशतका आधारमा हेर्दा चोरीबाट ५७.५ प्रतिशत, तोडफोडबाट ११.६ प्रतिशत र आगजनीबाट ३०.९ प्रतिशत क्षति भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

आन्दोलनका क्रममा सुन, चाँदी, हिरामोतीजस्ता बहुमूल्य धातुमा समेत ठूलो क्षति पुगेको छ। ती धातुहरूमा चोरीका कारण मात्रै १ अर्ब २ करोड ६४ लाख रुपैयाँ बराबरको क्षति भएको छ। त्यस्तै, आगजनीबाट १३ करोड ११ लाख रुपैयाँ र तोडफोडबाट ९३ लाख रुपैयाँ बराबरको क्षति पुगेको प्रतिवेदनले देखाएको छ।

अन्य बहुमूल्य वस्तुहरूमा पनि आगजनी र तोडफोडको तुलनामा चोरी नै क्षतिको प्रमुख कारण बनेको प्रतिवेदनले स्पष्ट पारेको छ। प्रतिवेदनअनुसार निजी प्रतिष्ठानहरूसँग रहेको नगद मौज्दात तथा सुनचाँदी लगायतका बहुमूल्य वस्तुमा पुगेको क्षतिको रकम ५६ करोड १८ लाख रुपैयाँ बराबर छ। यो रकम निजी प्रतिष्ठानहरूले बेहोरेको कुल क्षतिको २.६ प्रतिशत हो।

यो समाचार शेयर गर्नुहोस्
771SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?