National life
cg eloctronics

‘आगो लगाउनेहरूलाई निर्वाचनबाट पराजित गर्नुपर्छ’ : अध्यक्ष ओली

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|०२ माघ २०८२, शुक्रबार
864Shares
‘आगो लगाउनेहरूलाई निर्वाचनबाट पराजित गर्नुपर्छ’ : अध्यक्ष ओली
ncell

काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र संविधानमाथि प्रहार गर्ने तत्त्वहरूलाई आगामी निर्वाचनमार्फत पराजित गर्नुपर्ने बताएका छन्।

शुक्रवार काठमाडौँमा पार्टीद्वारा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले देशमा अराजकता र हिंसा फैलाउन खोज्ने, संविधान तथा लोकतान्त्रिक व्यवस्थामाथि आगो लगाउने प्रवृत्तिलाई पहिचान गरेर निर्वाचनमा पराजित गर्नु आजको मुख्य आवश्यकता भएको बताए।

लोकतन्त्र जोगाउन देशभक्त र लोकतान्त्रिक शक्तिहरूसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उनले यस्ता शक्तिहरू आगामी निर्वाचनमा प्रतिस्पर्धी नहुने स्पष्ट पारे। “देशभक्त र लोकतान्त्रिक शक्तिहरूसँग हाम्रो कुनै प्रतिस्पर्धा छैन,” ओलीले भने, “लोकतन्त्र बच्यो भने मात्रै प्रतिस्पर्धाको अर्थ रहन्छ, लोकतन्त्र नै नबच्ने हो भने के कुरामा प्रतिस्पर्धा गर्ने ?”

अध्यक्ष ओलीले संविधान, राजनीति र राजनीतिक दलप्रति नै अस्वीकार भाव राख्ने केही तत्त्वहरूले देशलाई नीतिविहीन, थितिविहीन र अराजक अवस्थामा धकेल्न खोजिरहेको आरोप लगाए। उनका अनुसार यस्ता तत्त्वहरूले संसद् विघटनजस्ता असंवैधानिक कदम चाल्दै लोकतन्त्रविरोधी गतिविधि गरिरहेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

“हामीले चिन्नुपर्ने र पराजित गर्नुपर्ने तत्त्वहरू भनेका असंवैधानिक, लोकतन्त्रविरोधी र अराजकता सिर्जना गर्न खोज्ने समूहहरू हुन्,” उनले भने, “उनीहरूलाई न लोकतन्त्र चाहिएको छ, न संविधान, न राजनीति, न राजनीतिक दल र नेतृत्व। देशलाई आतंक र अराजकतामा धकेल्ने प्रयास भइरहेको छ।”

अध्यक्ष ओलीले लोकतन्त्रको रक्षा नै अहिलेको प्रमुख एजेन्डा भएको उल्लेख गर्दै त्यसका लागि सचेत, एकताबद्ध र दृढ भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

यो समाचार शेयर गर्नुहोस्
864SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?