काठमाडौं। श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आज असोज २६ गतेदेखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारणका लागि २५ लाख १० हजार ४ सय ९३ कित्ता साधारण शेयर निष्काशन गरेको हो।
कम्पनीको शेयरमा असोज २९ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले आवेदन दिँदा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन्।
श्रीनगर एग्रीटेकले यसअघि आयोजना प्रभावित स्थानीयबासी र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गर्दै आईपीओ बिक्री गरी बाँडफाँट गरिसकेको छ।
कम्पनीले कुखुराको चल्ला र अण्डा उत्पादन गर्दै आएको छ। साथै, कुखुरा, माछा र बंगुरका लागि दाना उत्पादन, कृषकलाई प्राविधिक सहयोग प्रदान गर्ने तथा किसानले उत्पादन गरेका सामग्री खरिद गरी बजारसम्म पु–याउने कार्यसमेत गर्दै आएको छ। कम्पनीका प्रमुख शेयरधनीमा सतिश चन्द श्रेष्ठ, चन्द्र पंकज डेभलपर्स प्रालि, र मौसमी श्रेष्ठ रहेका छन्।


































