National life

आजदेखि सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास पाउन सकिने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ वैशाख २०८१, सोमबार
547Shares
आजदेखि सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास पाउन सकिने
ncell

काठमाडौँ । सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज र प्रविधिमैत्री बनाइने भएको छ। जस अनुसार अनलाइनबाटै प्रवेशपासको व्यवस्था गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ ।

कामकाजी सर्वसाधारणलाई सिंहदरबार प्रवेशमा थप सहज र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ परीक्षणका रुपमा यही वैशाख १७ गते (आज) देखि काम विशेषले गृहमन्त्रालय प्रवेश गर्ने व्यक्तिहरुका लागि ई–गेट पास प्रणाली सञ्चालनमा ल्याइएको छ ।

गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ई–गेट पासका लागि वेबसाइटमा क्युआर कोडसहितको पास अनुरोध गर्नुपर्ने छ।

Royal Enfield
nic asia capital
मन्त्रालयबाट अनुरोध स्वीकृति भइसकेपछि मात्रै ई–गेट पास जारी हुनेछ र सो पास साथमा लिएर सिंहदरबार प्रवेश गर्न सकिने मन्त्रालयले जनाएको छ।

ई–गेट पासका लागि वेबसाइट ‘सिंहदरबार पास डट जिओभी डट एनपी’गएर आवेदन दिएर प्राप्त गर्न सकिनेछ। परीक्षणपश्चात् सिंहदरबारभित्र रहेका सबै मन्त्रालयरनिकायका लागि ई–गेट पास प्रणाली प्रयोग हुने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो समाचार शेयर गर्नुहोस्
547SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?