National life
cg eloctronics

आजैबाट संसदको बजेट अधिवेशन सुरु हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ वैशाख २०८१, शुक्रबार
404Shares
आजैबाट संसदको बजेट अधिवेशन सुरु हुने
ncell

काठमाण्डौ । आज संघिय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बजेट अधिवेशन सुरु हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले गत वैशाख २० गते मन्त्रिपरिषद्को सिफारिसमा संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेअनुरूप आजदेखि सदनको बजेट अधिवेशन सुरु हुन लागेको अवस्थामा बजेट अधिवेसन दिउँसो २ बजेबाट सुरु हुने तालिका तोकिएको छ।

आज पहिलो दिनको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र र प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी व्यहोराको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउने छन्।

यस्तै सभामुखले बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयनको जानकारी पनि गराउने छन् । जसपश्चात अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा सांसदहरुले बैठकलाई सम्बोधन गर्ने छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यसपछि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रण विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ।

यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

आगामी आर्थिक वर्षको आयव्ययको अनुमानित बजेट जेठ १५ मा संसदमा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ भने त्यसअघि सरकारको वार्षिक नीति तथा कार्यक्रम दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट प्रस्तुत गरिने छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
404SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?